धरान पछि गर्दै गएको एक कार्यक्रमका सहभागीको भनाई

धरान । धरान अहिले हरेक प्रकारले पछि परेको धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । उनीहरुले धरान उपमहागरपालिका नगरपञ्चायत हुदा इटहरी उपमहानगरपालिका गाउँपञ्चायत रहेको स्मरण गराउदै छोटो समयमा अन्य पालिकाहरुले गरेको प्रगतिलाई हेर्दा धरान हरेक कुरामा झन झन खस्किदै गएको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिद्वारा आयोजित ‘वहसमा धरान’ कार्यक्रम अन्तर्गत धरान हरेक क्षेत्रमा पछाडि परेको विषयमा चिन्ता व्यक्त गरेका हुन् । धरान १५ स्थित धरान किचनको सभाहलमा आयोजित ’बहसमा धरान’ छलफलमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पहिलाको व्यापारिक केन्द्र धरान अहिले व्यापारिक हिसाबले शून्य प्राय ः रहेको बताउनुभयो । उहाँले व्यापारमा शून्यता आएकै कारण व्यापारी व्यवसायीहरु समेत धरान छोड्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिले बन्दै गरेको राष्ट्रिय राजमार्गका बाटाहरु धरानलाई क्रस गरेर जाने भएकोले पनि धरानको भविष्य कतातिर जाने हो भन्ने अवस्था आइसकेको बताउनुभयो । सो अवसरमा आर्थिक विश्लेषक कृष्णकुमार अग्रवालले व्यापारिक रूपमा उत्कृष्ट धरान अहिले पछि परिरहेको बताउदै धरानका ९० अर्बको कुल ग्राहस्थ १५ प्रतिशत योगदान बीपी प्रतिष्ठान र औद्योगिक क्षेत्रको रहेको बताउनुभएको थियो ।
सो अवसरमा बोल्दै धरानका शिक्षाविद् प्रा.डा राजेन्द्र शर्माले राजनीतिक अस्थिरता र धरानमा राष्ट्रिय पहुचसम्म पुग्ने कुनै पनि राजनीतिक पार्टीका नेता नभएकोले यहाँको विकासमा प्रभाव परेको बताउनुभयो । उहाँले जस्तोसुकै काम गरे पनि राजनीतिक दल त्यसको मियो भएकोले राजनीतिक दललाई जति गाली गरे पनि सामाजिक, आर्थिक, धार्मिक, पर्यटन, शिक्षा सबै क्षेत्रमा राजनीतिक दलले खेलेको भूमिकामा पर पर्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा पनि धरान पछाडि पर्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले धरान विगतको जस्तै फेरि मृत सहरको रुपमा जानसक्ने संकेत देखिदै गएको बताउनुभयो । उहाँले धरानमा भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रसँगै धरानको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले अन्य सहरमा स्वास्थ्यमा समेत प्रगति हुदै जाँदा धरानमा भएको एक मात्र स्वास्थ्य संस्था बीपी भित्र पनि समय समयमा हुने राजनीतिले तहसनहस बनाउदै लगेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न बहस कार्यक्रममा अध्यक्ष श्रेष्ठले धरानको वर्तमान अवस्थाका बारेमा सबैलाई ज्ञान होस् भन्ने अभिप्रायलै बहस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा व्यापारी, व्यवसायी, उद्योगपति, शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुले धरानलाई सबै एक जुट भएर पुन ः चलयमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया