झापाको दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचनमा खानाका विभिन्न भेराइटीहरुको लागि पारखीहरुको घुइँचो बढेको छ । पारखीहरुको घुइँचो बढ्नुको प्रमुख कारण गोरखा डिपार्टमेन्ट स्टोरले टप Ïलोरबाट गोरखा किचनलाई ग्राउण्ड Ïलोरमा व्यवस्थापन गरेसँगै हो । ग्राउण्ड Ïलोरमा स्टोरले यतिबेला आाकर्षक साज सज्जा सहित गोरखा किचन र स्वदेशी तथा विदेशी रेडिमेटका कपडाहरु राखिएका छन् । गोरखा किचनमा पारखीहरुले चाहेजस्तो खानाका परिकाहरहरु उपलब्ध गराइन्छ, स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले भन्नुभयो । यसैगरि रेडिमेट कपडाहरु सिंगापुर, हङकङ, मलेसिया, भारत र नेपालमै तयार गरिएका रहेका छन् ।

झापा पाडाजुंगीका रेखा प्रसाई शनिवार आफ्ना परिवारसहित खानामा व्यस्थ थिइन । त्यति नजिकै घर भएर पनि गोरखा किचनमै किन खाना खाँदै हुुनुहुन्छ भन्ने जिज्ञासामा उनले भनिन यहाँको खानाको स्वादै बेग्लै । मेनु अनुसार जुनसुकैे परिकार पनि तुरुन्तै पाइने, अत्यन्तै सफा भएपछि घरको खाना मात्र कति खानु भनेर आएको उनले सुनाइन् । दमक ताराबारीका हरि भण्डारीको कथन समेत प्रसाईको भन्दा फरक थिएन ।
गोरखाबाट उत्पादित स्वादिष्ट बेकरी आइटमको उपभोक्ताद्वारा उच्च माग

इटहरी । पूर्वाञ्चलको पहिलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोरले उत्पादन गरेका दर्जनौ प्रकारका स्वादिष्ट बेकरी आइटमको बजारमा उपभोक्ताको उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरले स्वदेशी तथा विदेशी सामानको विक्री वितरणसँगै आफ्ना उत्पादनहरुलाई समेत बजारमा पु¥याउँदै आएको छ । गोरखा डिपार्टमेन्ट द्वारा सञ्चालित गोरखा बेकरीका इन्चार्ज प्रेम खत्रीका अनुसार उत्पादित बेकरीको माग धान्न नै कहिलेकाहीँ धौ धौ पर्छ । इन्चार्ज खत्रीका अनुसार गोरखा बेकरीहरु पूर्वको दमक, उर्लाबारी, पथरी, बेलबारी, विराटनगर, दुहवी, इटहरी, धरान, इनरुवा लगायतका बजारका पसलहरुमा उद्योगबाट उत्पादित मूल्यमै पाइन्छ । विक्रेताहरुको अग्रिम अर्डर आउँछ, कतिपयले आफ्नै सवारी साधन मार्फत लैजानुहुन्छ भने कतिपयलाई अडर अनुसार सप्लाई गरिन्छ । गोरखाका बेकरी आइटमहरुको उच्च माग किन त भन्ने सवालमा इन्चार्ज खत्रीको कथन छ, ताजा, स्वादिष्ट र सुद्ध घ्युबाट बनेकोले पनि उपभोक्ताद्वारा बढी रुचाइएको होला । उता गोरखा डिपार्टमेन्ट स्टोरका खाद्य इन्चार्ज केशवराज घिमिरे भन्नुहुन्छ, हाल गोरखा बेकरी आइटमको बजार थप विस्तार भएको छ । पूर्वमा काँकडभिट्टा र पश्चिममा गाइघाटसम्म पुगेको छ । हाल बजारमा सर्वाधिक विक्री भइरहको बेकरी आइटममा बदाम विस्कुट, वोन, पेस्सी पप, चमचम, कुकिज, चकलेट, क्रिम बेड, क्रिम रोल, डुनोट, फेमिली टेष्ट, गोरखा कोकोनट, काजु विस्कुट, ओरेन्ज कोकोनट, पेस्पी पप, पाइनापल विस्कुट, राउन्ड पिनट विस्कुट, स्मल वटर, स्पेशलल राउण्ड, मिल्क ब्रेड, मिनिमिली ब्रेड लगायत दर्जनौ आइटम रहेको बताउनुभयो ।
यसैगरी मिठाइमा समेत दर्जनौ आइटमहरु रहेका छन् । आफ्नो् गोठको गाईको सुद्ध घ्यु दूधबाट बनेका मिठाइहरुमा काजु, वर्फी, कालाकन्द, लालमोहन, रसबरी, घ्यु पनिर, चिज लगायत रहेको छ । हाल सबैभन्दा बढी घ्यु पनिर चिज ग्राहकहरुले् बढी रुचाएको पाइएको छ । गोरखाले उत्पादन गरेका बेकरी आइटम र मिठाईका आइटमहरु आफ्ना अन्य शाखहरुमा समेत राखेको छ । दमक, पथरी, विराटचौकका शाखाहरुबाट समेत ग्राहकले आफूलाई स्वादिष्ट लागेको बेकरी मिठाईहरु खरिद गर्ने गरेको इन्चार्ज केशवराज घिमिरेले बताउनुभयो ।
किचेनको बसाइको मज्जा नै बेग्लै : टाढाटाढाबाट स्वादिष्ट खाना, खाजा खान आउने गरेका छन्

पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ । जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए । गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ । दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।
