सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा लागुऔषध दुव्र्यसनी निगरानी कक्षको स्थापना भएको छ । श्रावण २८ गते आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्रुघाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालीन असर पुग्ने भएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुव्र्यसनी निगरानी कक्षको स्थापना गरिएको वताउनु भयो ।

उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने ससंकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्रुघाटन कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मी लगायत स्थानियबासीहरु समेतको उपस्थिति रहेको थियो ।
त्र
