रोटरीद्वारा पदस्थापनाको अवसरमा छात्रावृत्ति प्रदान

धरान । रोटरी क्लब अफ घोपा धरानले आफ्नो २२ औं पदस्थापना दिवसको अवसरमा धरानमा अध्ययनरत ३ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ भने चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने दुई जना चिकित्सकलाई ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित गरिएको छ ।
रोटरी क्लब अफ घोपा धरानले धरान २ मा रहेको सुकुन्डा ब्यांकेट हलमा आयोजित पदस्थपना कार्यक्रममा बालिका मावि धरान १६ मा अध्ययनरत तीन जना जेहेन्दार छात्राहरु कक्षा ११ मा अध्ययनरत मुना मगर, कक्षा ९ की रितु कार्की डोली र कक्षा १० मा अध्ययनरत सुखी गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो भने चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय भएर सेवा पु¥याउदै आउनु भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेर काम गरसक्नु भएका चिकित्सक डा. सिएस अग्रवाल र डा. निलम्बर झालाई ‘लाइफ टाइम अवार्ड’बाट सम्मानित गरिएको हो ।

सो अवसरमा बोल्दै रोटरी क्लब डिष्ट्रिक ३२९१ का पूर्व अध्यक्ष एवम् प्रमुख अथिति बासुदेव गोल्यानले सामाजिक कार्यमा सक्रिय र नेतृत्व क्षमता विकासका लागि रोटरीले खेलेको भूमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो । यस्तै कार्यक्रमका विशेष अतिथि कोशी प्रदेशकी सांसद यसोदा कायस्थले रोटरी क्लब अफ घो्पा धरानले शिक्षा, स्वास्थ्य तथा समाजमा विभिन्न क्षेत्रमा पु¥याएको योगदान अतुलनीय भएको बताउदै चिकित्सा क्षेत्रमा जीवन विताएका दुई जना चिकित्सकलाई लाइफ टाइम अवार्डबाट सम्मानित गरेकोमा उहाँहरुलाई बधाई ज्ञापन गर्नुभयो । क्लबको भर्खरैमात्र नयाँ कार्यसमिति चयन गरिएको थियो । २२ सदस्यीय कार्य समितिको अ्रध्यक्षमा गौरवमान श्रेष्ठलाई चयन गरेको थियो भने महासचिवमा अतुल श्रेष्ठ, कोषाध्यक्षमा प्रतिक श्रेष्ठ लगायत अन्य सदस्यहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया