पराराष्ट्रमन्त्री राणाको पाँचदिने भारत भ्रमण

धरान । भारतीय विदेशमन्त्री डा. एस जय शकरको आतिथ्यपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज आइतबारदेखि भारतको पाँच दिने भ्रमण गर्नुहुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएकी परराष्ट्रमन्त्री राणा आइतबारै नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।


भारतीय विदेशमन्त्रालयले शनिवार जारी गरेको विज्ञप्ती अनुसार भारत भ्रमणका क्रममा उहाँले भारतीय विदशेमन्त्री डा. एस. जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । वार्ता दुई देशबीचको हित, आपसी सम्बन्ध थप प्रगााढ र सहकार्यका सम्बन्धमा केन्द्रीत रहने भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । परराष्ट्रमन्त्रीको भारत भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुसार भएको समेत विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया