काठमाण्डौ । आषाढ पूर्णिमाको अवसरमा आज नेपालस्थित भारतीय राजदुतावासले एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
दुतावासद्वारा एक विज्ञप्ती प्रकाशित गर्र्दै आषाढ पूर्णिमाको अवसर पारेर दुतावासले नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गु्म्बाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

भगवान गौतम बुद्धले भारतको उत्तर प्रदेशको सारनाथमा आÏना पहिलो पाँचजना तपस्वी चेलालाई पहिलो उपदेश दिनु भएको क्षण नै आषाढ पूर्णिमा भएको विज्ञप्तीमा जनाइएको छ । विहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले दिनुभएको उक्त उपदेशले हामीलाई चार आर्य सत्य र आर्य अस्टाङ्गिक मार्गबारे चिनाएको थियो । यस दिनलाई धर्मचक्रको पहिलो फन्कोको रुपमा पनि लिने गरिन्छ । कार्यक्रममा थेरावड संघ, महायान संघ र बज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो । सो अवसरमा भारतीय दुतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनु भएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताउनुभयो । नियोग उप–प्रमुख श्रीवास्तवले शताब्दियौदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको् बताउनुभयो ।
