विमस्टेकमा लम्सालद्वारा प्रतिनिधित्व

धरान । वहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को विदेशमन्त्रीहरुको बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । आषाढ २७–२८ गते सम्पन्न यसपटको विमस्टेक वैठकमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागीता जनाइएकी थिइन् ।

विमस्टेक बैठकका समयमा नेपालका परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ कामचलाउको हैसियतमा पुगेपछि यसपटकको विमस्टेकको बैठकमा पराराष्ट्र मन्त्रीको हैसियतमा सचिव लम्सालले सहभागिता जनाएकी हुन् ।
सन् १९९६ जुन ६ मा स्थापना भएको विमस्टेकले व्यापार तथा लगानी, प्रविधि, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, कृषि, साँस्कृतिक सहकार्य, वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक स्वास्थ्य जनसम्पर्क आदान प्रदान, गरिबी निवारण, आतंकवाद तथा वहुराष्ट्रिय अपराध नियन्त्रण, अन्तर देशीय प्रशारण लाइन जस्ता कुरालाई प्राथमिकतामा राखेको छ । परराष्ट्र सचिव लम्सालले विहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विमस्टेकका सदस्य राष्ट्रका मन्त्रीहरु र प्रतिनिधि मण्डलका प्रमुखहरुसँगै सयुक्त रुपमा भेट गर्नुभएको थियो । त्यसअघि उहाँले भारतीय विदेशमन्त्री डा. एस जय शंकरसँग समेत हार्दिकतापूर्वक भेट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया