समाजद्वारा सिलिङ पंखा हस्तान्तरण

धरान । विभिन्न कालखण्डमा धनकुटाबाट धरान आएर स्थायी बसोबास गर्नुहुने धरान धनकुटा एकता समाजले यहाँस्थित पब्लिक हाइस्कुललाई सिलिङ पंखा हस्तान्तरण गरेको छ । धनकुटेहरुबीच एक आपसमा एकता अभिवृद्धि गर्दै विसुद्ध समाजसेवा गर्ने उद्देश्यले गठन भएको समाजले पब्लिक हाइस्कुलले २०८० को एसइइ परीक्षामा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएका भन्दै विद्यालयका प्रद्यानाध्यापक डा. इन्द्रमोहन झालाई सिलिङ पंखा प्रदान गरेको धरान धनकुटा एकता समाजका अध्यक्ष गंगाप्रसाद रेग्मीले बताउनुभयो ।

समाजले यसभन्दा अगाडि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, वृक्षारोपण, आर्थिक अवस्था दयनीय भएकाहरुलाई सहयोग पु¥याउँदै आएको समाजका सचिव राजु थापाले जानकारी दिनुभयो । समाजका उपाध्यक्ष जयप्रसाद निरौलाले भन्नुभयो चाडै नै धरान २० आहालेमा वृहत स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको छ । मौसम अनुकूल हुनासाथ स्वास्थ्य शिविर सञ्चालन हुने र स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरणको तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया