गत शुक्रबार नारायणगढ मुग्लिङ सडक खण्डको सिमल तालमा २ वटा यात्रु बस पहिरोसँगै त्रिशुली नदीमा बेपत्ता हुँदा त्यसमा सवार पाँच दर्शन भन्दा बढी यात्रु वेपत्ता भएका छन् । हालसम्म केहीका शव नदी किनारमा गौडाकोट तर्फ तैरिएको अवस्थामा फेला परेका छन् ।
चितवनको सिमलतालमा भएको त्यो कहालीलाग्दो सडक दुर्घटनाप्रति शासकहरु मौन छन्, मृतकका आफन्तहरु भावविह्ल छन्, शोकमा डुबेका छन् । तर देशका शासकहरुले मृतकका परिवारप्रति सहानुभूतिसम्म देखाएनन् । सत्ता परिवर्तनको घिनलाग्दो खेलमा कौडा हान्न व्यस्त भए । चितवनको सिमल तालमा मात्र नभएर पहाडी जिल्लाहरुमा कतै एकै परिवारका सात जना, कतै ५ जना पहिरोमा पुररिएर बेपा भएका छन् । तराई र पहाडका उर्वर फाँटहरु बगरमा परिणत भएकमा छन्, गाई गोठहरु पुरिएका छन् तर शासकहरु, जनताको दुहाई दिने राजनीतिक दलकहरु सबै मौन छन् । रोम जलिरहँदा शासक नेरुले बाँसुरी बजाएर आनन्द मानेझै देशका शासकहरुले आफ्नो वास्तविक चरित्र देखाएका छन् । नागरिकलाई यहाँका शासकहरुले वास्तवमै बर्गीकरण गरेका छन् । गत बर्ष पोखरामा भएको हवाई दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा राज्यले राष्ट्रिय शोकको घोषणा ग¥यो । तर चितवनको सिमल तालमा मृत्यु हुनेहरुका पाँच दर्जन भन्दा बढी नागरिकका सम्बन्धमा शोक बक्तव्य समेत आएन । यो विभेदको पराकाष्ठा हो । हवाई दुर्घटनामा राज्यको नजरमा पहिलो दर्जाका नागरिकको मृत्युृ भएको थियो ? बसमा यात्रुको मृत्यु दोस्रो या तेस्रो दर्जाका नागरिक थिए ? अन्यथा मृत्युमा विभेद किन ? हुन त प्राकृतिक विपत्ति कसैले निम्त्याएर निम्तिने होइन । तर प्राकृतिक विपत्तिलाई थप मलजल गर्ने काम संघीय सरकार, कथित प्रदेश र सर्वाधिकार प्राप्त स्थानीय निकायका छोटे राजाहरु सबैभन्दा बढी दोषी हुन् । सुख्खा तथा हिउँद याममा कुनैपनि योजनाहरु कार्यान्वयन हुँदैनन् । सुख्खा तथा हिउँद याममा योजनाहरुहरु कार्यान्वयन भइदिएको भए बर्षाका समयमा प्राकृतिक विपत्ति न्यून हुने थिए । पहाडमा पहिरो जानुको प्रमुख कारण इन्जिनियरिङ्ग बिना जथाभािव सडकको नामका क्रेन चलाउनु, कमिशन र भ्रष्टाचारमा लिप्त भएर जथाभावि खोला उत्खनन् गर्नु नै हो । बर्षाको समयमा रसाएका पहाडहरुमा त्यसरी उत्खनन् गर्दा पहिलो बाढीको उच्च जोखिम रहने सामान्य ज्ञान समेत तीनै तहका सरकारमा देखिदैन ।
अर्को तर्फ केहीदिनको बर्षाले देशभरिका सडकहरु विक्षत भएका छन् । गुणस्तरीय रुपमा सडक तथा पुलपुलेसा, कल्भर्टका काम भइदिएका भए, निर्माण भइदिएका भए निर्माण गरिएका संरचद्धनाहरु क्षतविक्षत हुने थिएनन् । चितवनको सिमल ताल बस दुर्घतटना स्थललाइ हेर्दा पनि जोकोहीले यस कुराको सहजै अनुमान गर्न सक्छन् । जुन ठाउँमा पहिरो गएर पाँच दर्जन भन्दा बढी यात्रुहरुले अकालमा मृत्युवरण गरेर त्यस ठाउँमा उत्खनन गर्ने काम भइरहेको थियो । कलिला तथा इम्याचुअड पहाडमा उत्खनन त्यो पनि बर्षाको समयमा कति जायज थियो । यी सबै भित्री पाटोचाहिँ आर्थि बर्षको अन्त्यमा बजेट फ्रिज हुने त्रासले बजेट सिध्याउने चटारो नै हो । मन्त्री, सचिव, विचौलिया, राजनैतिक दलका गुण्डाहरु, टोले गुण्डाहरु सबैलाई योजनाको रकम बाँडफाँड गर्नुपर्ने भएपछि नेपाल सरकारले निर्माण गरेका कुनै पनि योजनाहरु मजबुत र दीर्घकालीन टिकाउका छैनन् । जसले हरेक बर्ष अनिष्ट निम्त्याइरहन्छ ।