इटहरी । तारे होटलको सेवा सुविधा, साज सज्जा, तराई र पहाडका रमणीय दृश्यको अवालोकन गर्न सकिने गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित इटहरीस्थित गोरखा होटल स्वदेशी पाहुनाहरुका लागि मात्र नभएर विदेशी पाहुनाहरुको समेत पहिलो रोजाइमा देखिएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्र्देशक बलराम आचार्य भन्नुहुन्छ बर्षादको समयलाई अफ सिजनको रुपमा लिइन्छ तर यो समयमा समेत होटलका ८५ प्रतिशत कोठाहरु अग्रिम बुक हुने गरेको छ । नेपालका काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज, नारायणघाट, विरगञ्ज, हेटौडा लगायतका स्थानबाट मात्र नभएर भारतको दार्जिलिङ्ग, सिक्किम, आसाम, मणिपुरका पाहुनाहरु गोरखा होटलका नियमित पाहुना हुन् । यसका अलावा एसियन कन्ट्रीहरु जापान, टर्की, इरान, पाकिस्थान, लगायतका स्थानहरुबाट समेत लामो बसाइका लागि पाहुनाहरु आउने गरेको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।

गोर्खा होटलका इन्चार्ज सुजन पाण्डे भन्नुहुन्छ स्वदेशी पाहुनाहरु दुई चार दिन बसेर फर्कनुहुन्छ तर विदेशी पाहुनाहरु सात आठ महिना सम्म
निरन्तर बस्नुहुन्छ । कुनै योजना लिएर आउनु भएका, उहाँहरुको डोनेशनमा यहाँ चलेका विभिन्न कार्यक्रमहरुको अगुनमन गर्ने उद्देश्यले विदेशी पाहुनाहरुको बसाई लामो हुने गरेको छ । यतिबेला जापान, टर्कीबाट पनि पाहुना आएर बस्नु भएको पाण्डेले सुनाउनुभयो । उहाँहरु कोही एक बर्षसम्म पनि कन्टिन्यु बस्नुहुन्छ । उहाँले सुनाउनुभयो जापानबाट आउनु भएका पाहुना परिवारसहित एक बर्ष बस्ने गरी आउनु भएको छ भने टर्कीबाट आउनु भएका पाहुना ८ महिना बस्नेगरी तीन महिना अगाडि आउनु भएको हो । विदेशी पाुहनाहरुको रोजाई गोरखा होटल नै किन भएको होला त भन्ने जिज्ञासामा इन्चार्ज पाण्डे भन्नुहुन्छ पाहुनाहरु भन्नुहुन्छ गोरखा होटलमा तारे होटलको सेवा सुविधा रहेको छ । खानामा पनि गोरखा होटलको आप्mनै विशेषता छ । इन्डियन, चाइनिज, कन्टिनेन्टल, अरबी डिसहरु उपलब्ध छन् । उहाँले भन्नुभयो टर्कीबाट आउनु भएका पाहुनाहरु अरबी डिस मन पराउनुहुन्छ । उहाँहरुले चाहेको परिकार मेनुमा नभए पनि होटलले त्यस्ता परिकारहरु बनाएर दिने गरेको छ । सामान्यतया होटलमा बढी मात्रामा इन्डियन, चाइनजि, कन्टिनेन्टल, अरबी डिसहरु उपलब्ध हुने गरेको पनि इन्चार्ज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो गोरखा होटलका कुकहरु एक्सपेरिएन्स र प्रोफेसनल हुनुहुन्छ । मुख्य कुक खेमराज तिवारीले मिडल इस्टमा १६–१७ बर्ष काम गरिसक्नु भएको मात्र नभएर काठमाण्डौ, पोखराका तारे होटलमा समेत काम गरिसक्नु भएकोले खाना बनाउन पोख्त हुनुहुन्छ । उहाँसँग हाइजिङ्गको सर्टिफिकेट समेत रहेकोले आउने पाहुनाहले अत्यन्तै गुणस्तरीय खाना खाइरहनु भएको छ । जसले गर्दा पाहुनाहरुले आफ्नो बसाई लम्ब्याउने समेत गर्नुभएको छ । हाल गोरखा होटलमा स्ट्याण्डर, डिलक्स, सुपर डिलक्स र एक्जुकेटिव सहित ४० कोठा रहेका छन् ।
दमकको गोरखा किचनमा खानाको पारखीको घुइँचो
झापाको दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचनमा खानाका विभिन्न भेराइटीहरुको लागि पारखीहरुको घुइँचो बढेको छ ।
पारखीहरुको घुइँचो बढ्नुको प्रमुख कारण गोरखा डिपार्टमेन्ट स्टोरले टप Ïलोरबाट गोरखा किचनलाई ग्राउण्ड Ïलोरमा व्यवस्थापन गरेसँगै हो । ग्राउण्ड Ïलोरमा स्टोरले यतिबेला आाकर्षक साज सज्जा सहित गोरखा किचन र स्वदेशी तथा विदेशी रेडिमेटका कपडाहरु राखिएका छन् । गोरखा किचनमा पारखीहरुले चाहेजस्तो खानाका परिकाहरहरु उपलब्ध गराइन्छ, स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले भन्नुभयो । यसैगरि रेडिमेट कपडाहरु सिंगापुर, हङकङ, मलेसिया, भारत र नेपालमै तयार गरिएका रहेका छन् । झापा पाडाजुंगीका रेखा प्रसाई शनिवार आफ्ना परिवारसहित खानामा व्यस्थ थिइन । त्यति नजिकै घर भएर पनि गोरखा किचनमै किन खाना खाँदै हुुनुहुन्छ भन्ने जिज्ञासामा उनले भनिन यहाँको खानाको स्वादै बेग्लै । मेनु अनुसार जुनसुकैे परिकार पनि तुरुन्तै पाइने, अत्यन्तै सफा भएपछि घरको खाना मात्र कति खानु भनेर आएको उनले सुनाइन् । दमक ताराबारीका हरि भण्डारीको कथन समेत प्रसाईको भन्दा फरक थिएन ।
पूर्वेली ग्राहकको किनमेलको पहिलो रोजाई गोरखा
इटहरी । आजभन्दा २३ बर्ष अगाडि सामान्य रुपमा दुईवटा भाडाका कोठाबाट शुरु भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वली ग्राहकहरुको किनमेलको पहिलो रोजाइको स्थल भएको छ ।
यस बीचमा पूर्वाञ्चलमा साना ठूला गरी धेरै डिपार्टमेन्ट स्टोरहरु खुलिसकेका छन् तर पछिल्ला दिनमा खुलेका अन्य डिपार्टमेन्ट स्टोरहरुले ग्राहकहरु आकर्षित गर्न सकेको पाइएन । टाढा टाढाका ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरमा आउनुको प्रमख कारण ६ लाख भन्दा बढी सामानको उपलब्धता, अन्य डिपार्टमेन्ट स्टोरको तुलनामा मूल्यमा कमी, सरसफाई,
रमणीय वातावरणमा परिवारका साथ गोरखा किचनको भेराइटीको स्वाद आदिलाई मान्छन् स्टोरका म्यानेजर श्रीप्रसाद गौतम ।
म्यानेजर गौतम भन्नुहुन्छ प्रारम्भदेखि नै गोरखा डिपार्टमेन्ट स्टोरका आफ्नै नियमित ग्राहक हुनुहुन्छ । स्टोरप्रतिको उहाँहरुको विश्वासकै कारण उहाँहरु आवश्यक सामान खरिद गर्न गोरखामै आइपुग्नु हुन्छ आइतबार झापाको गौरादह नगरपालिका वडा नं. ३ बाट आफ्नै सवारी साधनमा
परिवारका साथ आउनु भएका सुदिप बस्नेतले भन्नुभयो म दश बर्ष अगाडिदेखि नै गोरखा डिपार्टमेन्ट स्टोरमा आइरहको छु । खाद्यान्न पेय पर्दा, नयाँ नयाँ प्रकारका गिÏट आइटमा, इलेक्ट्रोनिक्स सामान, ब्राण्डेड जुत्ता, बच्चाका कपडा लगायत हजरौ सामान एकै ठाउँमा पाइने भएपछि अन्यत्र जाने कुरै भएन बस्नेतले भन्नुभयो । भर्खरै विवाह बन्धनमा बाँधिएका मोरङको जाँतेबाट आएका सुदिप बिष्ट स्टोरको पाँचौ तलामा बसेर रमणीय दृश्यको अवालोकन गर्दै परिकारहरुको अर्डर गर्दै हुनुहुन्थ्यो । नेपाली थाली, थकाली खाना, चाइनिज, इन्डियन खानाका साथै अन्य दर्जनौ परिकार पाइने गोरखा किचनमै किन आइपुग्नुभयो त भन्ने जिज्ञासामा विष्टले हाँस्दै भन्नुभयो आज बाहिरै खान खाने गरी हामी घुम्न निस्किएका हौ । उहाँले नव विवाहिता श्रीमतितर्फ देखाउदै भन्नुभयो उनी गोरखा डिपार्टमेन्ट स्टोर आएकी थिइनन् । त्यसैले देखाउन पनि ल्याएको हुँ । धनकुटा जिल्ला साँघुरीगढी गाउँपालिका ८ का युनेश राई पहिलो Ïलोरमा गिÏट आइटम छान्दै हुनुहुन्थ्यो । आफन्तको विवाहमा विराटनगर हिड्नु भएका राई कुन लिने कुन नलिने भन्नेमै दोधारमा देखिनुहुन्थ्यो । हे¥यो सबै उस्तै राम्रो छ उहाँले भन्नुभयो । गोरखा डिर्पामेन्ट स्टोरमा भारत, चीन मलेसिया, सिंगापुर, हङकङका आकर्षक गिÏट आइटम रहेको म्यानेजर गौतमको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरमा जे जति गिÏट आइटमका प्रकारहरु रहेका छन् अन्य सायदै होला उहाँले भन्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा समेत गोरखा डिपार्टमेन्ट स्टोरले जोखिमको वास्ता नगरी आफ्नो ग्राहकहरुलई सेवा दिएको र ग्राहकको माग बमोजिम समान आयात गर्ने भएकैले गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकको कमी नआएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ पछिल्लो पटक बग्रेल्ती खुलेका डिपार्टमेन्ट स्टोरहरु ग्राहकको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । तर हामीलाई ग्राहकले धेरै माया गर्नुभएको छ । यसको प्रमुख कारण ग्राहकलाई गोरखा डिर्पामेन्ट स्टोरप्रतिको विश्वास नै हो । हामी हाम्रा ग्राहकहरुको रुची अनुसार नै अगाडि बढेका छौं उहाले सुनाउनुभयो ।


