घण्टाघरबाट हेर्दा

हम कवि नही सुंधुंगे
हिन्दीमा एउटा कहावत छ हम कभी नही सुध्रेंगे । नेपालका नेताहरुमा हिन्दीको यो कहावत ठ्याक्कै लागू भा’छ । भुक्के चप्पल लगाएर पैतला पड्काउँदै छलबल, कपट गरेर काठमाण्डौ छिरेकाहरुले यसपटकको धान दिवस बडो उत्साहका साथ मनाएछन् । बुढापाका नेताहरुलाई असार १५ आयो कि बैंशले उन्मक्त हुन्छन् । तन्नेरी नेताहरु त उन्मक्त भैरव हुने नै भए । अब हेरम न धान दिवसका दिन खेतमा रोप्नुपर्ने धानका विउलाई माला बनाएर गर्दनमा झुण्ड्याउँछन् । उपरखुट्टी लगाएर सोफामा बस्छन् । अनि ताइ न तुइको लम्बेतान भाषन ठोक्छन् । अर्कोथरि नेताहरु कोट, पेन्ट, जुत्ता लगाएर रोपाहरसँग जिस्किन दौडिन्छन् । सुरले धान रोप्न पनि दिँदैनन् । तरुनी रोपहारसँग लडीबुडी गर्छन् । धान दिवसको लास्टै बदनाम गराए । अर्कोथरि गमलामा धान रोप्छन् अनि झोलेहरु जोड–जोडले थपडी मार्छन् । यस्तो विशेष परम्परा नेपालको लाजनीतिमा भित्रिएको ३ दशकभन्दा बढी भइसक्या छ ।


हर्कुले देखाइदिएछन्
धरानमा मुखिया हकुले गज्जबै गरेछन् । धरान १३ तिर खहरे नियन्त्रणका लागि लगाएको ग्याबिन हर्कुको आदेशमा तिनका आदेश पालक सेना मेनाले वाङवुङ बनाइदिएछन् । धरान १३ का वडाध्येक्षे रजु वैजाने जान्ने पल्टिएका थिए । हर्कुले बारम्बार भन्या थिए धरानमा संघ र प्रदेशका बजेटबाट कुनै काम गर्नु परेमा मलाई अनिवार्य सोध्नु, स्वीकृत लिनु । हर्कुको आदेशमा उलंघन गरेर वडाध्यक्षेले प्रदेशबाट बजेल ल्याएर ग्याबिन लगाएछन् । अनि हर्कुको पारो चढ्दैन त ? सोध्दै नसोधी जथाभाविबाट बजेट ल्याएर मनपरि गर्नु त भएन नि गाँठे ? हर्कु भन्या हर्कु हुन उनको आदेश र स्वीकृति विपरीत त जानु भएन । कि कसो हौ ?
ठूला माछाको नामै लिइदैन
हिजोआज सहकारी घण्टे पार्टीका अध्येक्षे आच्या खप्रओ र प्रचण्डाउको खै के जाति मोलेर घरेलु मन्तरी भा’का नेछामिला देशका ठूला माछाको नामै लिदैनन् भनेर जिस्क्याउन थाल्या छन् । जिस्क्याउनेहरुले विर्सेछन् नेछामिला पनि ठूला माछा मध्येकै एक हुन् । अनि आफ्नो वंशको नाश हुने काम कसैले गर्छ त ? नयाँ जोगीले बढी खरानी खस्छ भन्ने कुराको हेक्का राख्नुपर्दैन ? अरुले भुटानी शरणार्थी, टेरामेक्स, ललिता निवास, टिकापुर जग्गा काण्ड, बाल मन्दिर जग्गा काण्ड, वाइडबडी काण्ड, गिरिबन्धु जग्गा काण्ड, एनसेल काण्डबाट लुड्याए भने घण्टेले सहकारीबाट ्लुँड्याए । आखिरी लुड्याउने काण्डमा सबै एकै कोटीका न परे । अब त घण्टेले ठूला माछामात्र हैन साना माछाको नाम समेत लिदैनन् । कुरा बुझ्नुमा छ क्या ।
मदन आश्रितको हत्यारा पत्ता लाग्छ रे
झालेमालेका अध्येक्षे खप्रओले अस्तिका दिन फेरि जोक हान्देछन् । उखान टुक्का भन्न र जोक हान्न त खप्रओ गोल्डमेडलिस्ट नै हुन् । अस्तिका दिन उन्ले एउटा गफ हान्देछन् । मदन भण्डारी र जीवराज आश्रितका हत्यारा समय आएपछि पत्ता लाग्छ रे ।
विचराहरुलाई दाशढुंगाबाट गुल्ट्याइएको थियो । आफै धामी आफै बोक्सीको नाटक गर्दै आएको झालेमालेले कैयौ पटक सरकार चलायो तर मदन आश्रित गुल्ट्याइएकाहरुलाई पत्तो लगाउन सकेन । मदनका आफ्नै श्रीमति दुई दुई पटक राष्ट्रपति भइन् हत्यारा पत्तो लाग्न सकेन । अबचाहिँ लाग्छ रे । समय आएपछि पत्ता लाग्छ रे । ३०–३२ बर्षदेखि पत्ता लाग्न सक्या थिएन । अबचाहिँ पत्ता लाग्ने भयो । खप्रओ वा’ले भनेपछि सिद्धिगयो नि †
स्यान्तारामले गर्नुग¥यो
यो स्यान्ताराम पनि साह«ै मापाको चिज हो गाँठे । अब हेरम न डल्लो–डल्लो, दर्शन नमस्ते भनेर फिर्लिक फिर्लिक कम्मर भाँचेर मच्चिने राजेश पायल राईलाई स्यान्तारामले अस्तिका दिन हुर्मतै लियो । दुबइमा सो गर्न जाने चान्स पाएछन् । फ्रि भिसा, फ्रि टिकट त छँदैथियो स्यान्ताराम पनि फ्रिमा पाउँदा तिन्ले विहानै तन्काइहालेछन् । तन्काउनुसम्म त ठीकै थियो । स्यान्तारामको हर्कतै देखाइ दिएछन् । पिलेनभित्र भा’का अरुसँग फ्रिमै जाइलागेछन् । न सम्हाल्दा हुने न सम्झाउँदा हुने ? विचरा राईको के गल्ति ? जे गर्नु स्यान्तारामले नै ग¥या थियो । यतिकुरा नबुझिकन विचरालाई जहाजबाटै  आरोली दिएछन् । अबुझहरु दोष स्यान्तारामको सजायचाहिँ राईले पाए ।
झोलेहरुको षड्यन्त्र पनि कति हौ ?
काठमाण्डौका मेयर बालेन साह दलहरुका नेता, हनबेनु सरकार दलका झोलेहरुका लागि काउसै भा’छन् । पहिला पहिला सैयौ झोलेहरु काठमाण्डौ महानगरबाट पालिएका थिए, पोसिएका थिए । अहिले सबै ठण्डाराम भएसी’ बालेनका पछिल्तिर हात धोएर लाग्या छन् । कहिले बालेनलाई सडक बनाउन अवरोध गरेका छन् । कहिले नगरसभा छोडेर हिड्या छन्, कहिले आफ्ना नेताको नाममा कार्यक्रम ल्याएर बजेट देउ भन्या छन् । दलका झोलेले जितकेो ठाउँमा करोडौ व्यक्तिगत रुपमा उडाएका छन् । अब अहिले आएर काठमाण्डौ महानगरपालिकाले १२ करोड विभिन्न संघ संस्थालाई दियो भनेर महालेखाले प्रश्न उठाएछ । हुन त महालेखा पनि ददलहरुकै झोली–झ्याम्टा बोक्नेहरुको झुण्ड त हो । हुन त आजसम्म एकलौटी रैदेलो गरेर ढलीमली गरेर खाँदै आएकाहरुलाई एक्लो बालेन साहले हायलकायल बनाइदिएका छन् । हात्ती लम्कदै छ कुकुरहरु भुक्दै छन् । कि कसो हौ ?
लुट मच्चाउने उपाय
दलेहरुले देशलाई युवाविहीन नै बनाउने भए । अब हेरौ न परराष्ट्र मन्त्री लारायन काजीले कुवेतमा दुईलाख जना नेपाली युवाहरुलाई रोजगारीको नाममा पठाउन ल्याप्चे हानेछन् । सधै मुÏतमा खाने बानी परेका लारायनकाजीले यसो गर्दा एकथरि गजक्क प¥या होलान् ।
हरेक बर्ष ५ लाख युवाहरुलाई विदेश धपाउने योजना हालको बाबुली सरकारले बनाएको छ रे । देशका युवाजतिलाई खेदाउन पाए जति लुट मच्चाउँदा पनि सडकमा विरोध गर्नेहरु हुँदैनन् अनि त आरामले जे–जे नि लुट्न नि पाइयो । जे होस् बाटुली सरकारका परराष्ट्र मन्त्रीलाईचाहिँ मान्नैपर्छ । हुन त लास र सास दुवैबाट कर असुल गर्ने देश न प¥यो ।
अन्तेमा
नेपाल सरकारले तीनपाने अर्गानिक आदिवासी जनजाति ब्राण्डको रक्सी बजारमा ल्याउने भएको छ । घरको लोकल ठर्रालाई ब्राण्डिङ्ग गरेर त्यस्तो रक्सीको उत्पादन गर्ने रे । सरकाले नै सक्सी भट्टी शुरु गर्ने भएपछि बातै खलास । झालेमालेकी संघीय सांसद सूर्यकुमारी श्रेष्ठले आफ्ना नेताको निर्देशनमा रक्सीको नामै उल्लेख गरेकी छन् । उनले तीनपाने अर्गानिक सम्म भन्या भए हुन्थ्यो होला । आदिवासी जनजातिको नामचाहिँ किन रक्सीको ब्राण्डमा मुछेकी होला ? उहिताको बुहारी भटमास खाएकी भनेझै भयो । आदिवासी जनजातिको नामलाई त्यसरी रक्सीको ब्राण्डमा मिसाउँदा त्यसले बाहिर कस्तो सन्देश जान्छ ? जेहोस तीनपाने अर्गानिक रक्सीचाहिँ अब आउने पक्का भएको छ । आफ्नै देशका उत्पादन बजारमा आएपछि विदेशी ब्राण्डका रक्सीहरुचाहिँ बन्द गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया