नेपाल सरकारले शुक्रकार गरेको ११ देशका लागि गरेको राजनीतिक नियुक्तिमा करोडौको चलखेल भएको चर्चा शुरु भएको छ ।
विदेशस्थित कुटनीतिक नियोगहरुमा विगतमा जस्तै यस पटक पनि सत्तासीन दलहरुबीच भागबण्डा भयो । मुलुकभित्रका नियुक्तिहरुमा अािर्थक चलखेल हुँदै आएपनि विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत भागबण्डा र आर्थिक चलखेल हुनु भनेको सबै भन्दा लज्जाको विषय हो । राजदुत भनेको विज्ञ, दक्ष र परराष्ट्र मामिला सम्बन्धी अनुभव भएको र प्रतिस्पर्धाबाट छनौट र नियुक्त हुनुपर्नेमा भागबण्डाबाट आर्थिक खलखेलको तहसम्म पुगेपछि सत्तासीन दलहरुको धन्दा दलाली गर्न मै केन्द्रित भएको प्रष्ट हुन्छ । यस अघि राजदुतमा नियुक्त पाएकाहरुले सम्बन्धित मुलुकमा आफ्नो दक्षिता देखाउन नसकेको भन्दै फिर्ता बोलाइएकाहश्ररु पुन ः राजदुतामा नियुक्त भएका छन् । मुख्यसचिव, सचिवबाट निवृत्तभरण भएका, सत्तासीन राजनैतिक दलका नेतृत्वसँग निकट रहेका हरु नै राजदुतमा नियुक्त भएका हुन् ।अमेरिका, भारत, बेलायत, कोेरिया लगायतका देशमा नियुक्त भएका राजदुतहरु चरम अवसरवादीको पंक्तिमा दर्ज भएका अनुहारहरु हुन् । कहिले एउटा राजनीतिक दलका नेतासँग निकट भएर लाभको पदको नियुक्ति लिने, कहिले अर्को राजनीतिक दलसँग निकट भएर राजनैतिक पदको नियुक्ति लिने उनीहरुको भन्दा नै भएको छ । राजनैतिक नियुक्ति लिएका राजदुतहरुले न त समाजका लागि केह िगरेका छन् न त देशका लागि केही गरेका छन्, न त उनीहरु कुटनैतिक मामलामा पोख्त छन् । एउटा सामन्य शिक्षक, दुई तीन तहको कर्मचारीहरुले पनि आफ्नो दक्षताका लागि लोकसेवाबाट लिखित र मौखिक उत्तीर्ण हुनुपर्छ । तर राजदुत जस्तो ओहादाका लागि किन कुनै प्रावधान लागू गरिदैन ? यहाँ सम्मकि राजदुत नियुक्तिमा नेतृत्वसँगको कनेक्सनसँगै आर्थिक बुझबुझारत गर्न सके उनीहरु स्वत ः नियुक्ति हुन्छन् । नत्र राजदुत नियुक्तिको मापदण्ड के हो ? किन प्रतिष्पर्धाबाट राजदुत नियुक्त गरिदैन ? हुन त यहाा विश्व विद्यालयको उपकुलपति,रेक्टर, डिन, क्याम्पस प्रमुख, न्यायाधीश लगायत सर्वत्र नियुक्तिमा ंसदमा उपस्थिति सांसदको संख्याको आधारमा हैसियत बनाएर सत्ता घटकहरुले भागबण्डाको मापदण्ड नै बनाएका छन् । शायद यही होला राजनैतिक सफलता, नयाँ सोच र नयाँ विकल्प । सार र लास दुवैबाट कर उठाएर पाल्नुपर्ने त्यस्ता राजदुतहरुको कुटनीतिक कौशलता देखेर ती देशका व्युरोक्रेट्सहरु कति अचम्मित हुँदा हुन । अहिले नियुक्त गरिएका ती एघारवटा राजनदुतका अनुहार अचम्मित हुने खालकै छन् , पटक पटक यिनै अनुहारले मात्र अवसर पाउनुको कारणका सम्बन्धमा किन देशका प्रवुद्ध वर्ग मौन छन्, किन नागरिक समाज चुप छ किन दक्ष, शिक्षित जनशक्तिले आवाज उठाउने साहस गरेका छैनन् । एउटा अदक्ष, अनुभवहीन कुटनितिज्ञकले त्यस देशबाट मुलुकमा भिœयाउन पहल गर्नुपर्ने प्रविधि, सहयोग भन्दा पनि उसले कमाउने र आफ्ना परिवारलाई विदेशमा व्यवस्थापन गवर्ने कार्य मात्र गर्छ । यो प्रवृत्ति हिजो पनि थियो आज पनि निरन्तर जारी रहेको छ र भोलि पनि नरहला भन्न सक्ने अवस्था छैन ।
