नेपालमा पनि मनाइयो १० औ अन्तर्राष्ट्रिय योग दिवस भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघद्वारा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता

विगतका बर्षहरुमा झै यस बर्षपनि नेपालमा १० औ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सार्नुभएको योग दिवसको प्रस्तावलाई संसारका १७५ सदस्य राष्ट्रहरुले समर्थन गरेपछि सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ (असार ७) लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मान्यता दिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको अन्तर्राष्ट्रिय योग दिवस आज स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने वैश्रिक आन्दोलनको रुपमा परिणत भएको छ । संयुक्त राष्ट्रसंघबाट मान्यता पाएपछि विश्वका सबै सँस्कृति र सबै महादेशहरुले अपनाएको नेपालका प्रधानमन्त्री सहित विश्वका नेताहरुलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले आफ्नो शन्देशमा उल्लेख गर्नुभएको छ ।
पोखरामा आषाढ ५ गते भव्यताका साथ सम्पन्न

नेपालस्थित भारतीय राजदुतावासले आषाढ ५ गते राजधानी काठमाण्डौ बाहिर पोखराको फेवाताल किनारमा योग प्रदर्शनको आयोजना गरेको थियो । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवद्र्धन गर्ने हेतुले आयोजित उक्त योग कार्यक्रममा पोखरास्थित नेपाल सरकारका कर्मचारी, स्थानीय निकायका पदाधिकारी, विभिन्न योग संघ संस्थाका सदस्यहरु, भारतीय सेनाबाट अवकास प्राप्त भूतपूर्व गोरखा सैनिकहरु, भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराका कर्मचारीहरुसँगै स्थानीय जनसमुदायको उत्साहपूर्वक सहभागिता रहेको थियो । विभिन्न आसन, प्रणायाम (स्वास–प्रश्वास व्यायाम) र ध्यानका विधिहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा अनुभवि प्रशिक्षकद्वारा योग सत्रको श्रृंखलासँगै शुरु भएको योग शिविरमा शारीरिक र मानसिक फाइदाहरुका बारेमा जानकारी दिइएको थियो ।
भारतीय राजदुतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आर्युवेदिक अभ्यासकर्ताहरुसँग मिलेर योग प्रदर्शनी र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो । सो अवसरमा पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.प्रेमनारयण अर्र्यालले कार्यक्रमको आयोजना गरेकोमा भारतीय राजदुतावासलाई धन्यवाद दिँदै विचारशील र स्वास्थ्य जीवन जीउन योगको फाइदाहरु खोज्न सहभागीहरुलाइ प्रोत्साहत गर्नुभएको थियो । प्रख्यात योग प्रशिक्षकहरुले योगका फाइदा र दैनिक जीवनमा विशेष गरी युवाहरुका लागि यसको व्यवहारिक उपयोगिताका बारेमा प्रस्ट्याउनु भएको थियो । आर्युवेद र योगलाई दैनिक जीवनमा समावेश गर्ने बारे जानकारी र सल्लाहबाट पोखरा विश्व विद्यालयका विद्यार्थीहरु समेत लाभानिवत भएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस

नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा असार ६ गते विहीबार भगवान बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुुम्बिनीमा वृहत योग प्रदर्शनको आयोजना ग¥यो । स्वयम् र समाजका लागि भन्ने नाराका साथ आयोजना गरिएको योग प्रदर्शनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महारा प्रमुख अतिथिको रुपमा निम्त्याइनु भएको थियो । सो अवसरमा उहाँले भगवान बुद्धको पवित्र जन्मस्थलमा यस प्रकारको महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा यसले भारत–नेपालको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पु¥याएको भन्दै भारतीय राजदुतताबासलाई धन्यवाद दिनु भएको थियो ।
लुम्बिनी विकास कोषका बरिष्ठ अधिकारी र योगमा रुची राख्ने ९ सय भन्दा बढी स्थानीयको सहभागिता रहेको उक्त योग शिविरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्र सघले सन् २०१४ जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताउनुभयो । दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार राजदुत श्रीवास्तवले ‘शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताउनुभयो । उहाँले भारतीय राजदुवावासले हरेक बर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुुम्बिनीमा मनाउने समेत बताउनुभयो ।
पोखराका तीन प्रख्यात स्थलमा समेत योग उत्सव

असार ५ गते फेवाताल परिषरमा योग उत्सवको आयोजना गरेको भारतीय राजदुतावासले असार ६ गते थप तीन प्रख्यात स्थलहरुमा योग उत्सवको आयोजना गरेको थियो । अन्नपूर्ण हिम श्रृंखलाको मनोरम दृश्यको अवलोकन गर्दै साराङकोट भ्यु पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको शुरुवात भएको थियो । त्यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिर परिषरमा योग प्रदर्शन गरिएको थियो । पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई बृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए । यसैगरी दुतावासले पोखरा नजिकैको रमणीय अन्तु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा समेत विशेष योग प्रदर्शनको आयोजना गरिएको थियो ।
नेपालका १० वटा सहरमा योग आयोजना

अन्तर्राष्ट्रिय योग दिवसको १० औ संस्करण मनाउन काठमाण्डौस्थित भारतीय राजदुतावास र विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासले नेपालका मुख्य १० वटा सहरमा श्रृंखलाबद्ध रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
काठमाण्डौ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, विरगञ्ज, हेटौडा, गौर र पाखेरियामा योग उत्सवको आयोजना गरिएको थियो । भारतीय राजदुतावासले मुख्य कार्यक्रम अगावै जेठ १५ गते पशुपतिनाथ मन्दिर परिषर र माइती नेपालका चेलीहरुका लागि व्याख्यान सहितको योग प्रदर्शन गरेको थियो ।
दुतावासद्वारा असार ७ गते जारी विज्ञप्तीमा भनिएको छ मानव चेतन र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको कुरामा जोड दिँदै दुतावासले फेवातालको किनारमा ४५० भन्दा बढी सहभागीहरुका लागि योग र ध्यानको अभ्यास गराइएको थियो । सोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पु¥याउने फाइदाहरुमाथि केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्ताहरुसँग मिलेर पोखरा विश्व विद्यालयका विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परामर्शको आयोजना गरेको थियो । यर्सैगरि असार ७ गते पोखरा महानगरपालिकासँग सहकार्य गरी पोखरा रंगशालामा वृहत योग प्रदर्शन गरेको थियो । सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत ५ हजार भन्दा बढी स्थानीयहरुको सहभागिवता रहेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदुतावासलाई धन्यवाद समेत दिनुभएको थियो । यसैगरि पोखरा महानगरापालिकाका प्रमुख आचार्यले पोखारलाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रमको आयोजना गरी पहल लिन सहयोग गरेकोमा भारतीय राजदुतावासलाई धन्यवाद दिनुभएको थियो । उहाँले हरेक बर्ष दुतावाससँग सहकार्य गर्न पोखरा महानगरपालिका तत्पर रहेको समेत बताउनुभयो ।
अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणको समापन भारतीय राजदुतावासले असार ८ गते लमजुङ्गस्थित मध्य नेपाल नगरपालिकासँगको सहकार्यमा योग पदर्शनको आयोजना गरेको थियो ।
पेन्सन वितरण कार्यालयमा भव्यताका साथ योग उत्सव

१० औं अन्तर्राष्ट्रिय योग दिवस भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको परिषरमा शुक्रबार भव्यताका साथ मनाइएको थियो ।
प्रारम्भमा आर्ट अफ लिभिङ्गका योग गुरु बृद्धिचन्द अग्रवालले आराधना गर्दै कार्यक्रमको शुरुवात गर्नुभएको थियो । योग जीवनको एक अपरिहार्य कार्य भएको दैनिकी योगको साधना गर्दा अस्थिर मनस्थितिलाई शान्त बनाउन, अनेक प्रकारका राम्रा नराम्रा बृत्ति उपवृत्तिलाई आफूमा सकारात्मक सोच ल्याउनु नै योग भएको अग्रवालले बताउनुभयो ।
पेन्सन वितरण कार्यालय धरानले आयोजना गरेको उक्त योग उत्सवमा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियासँगै कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । विश्व समुदायमा योगप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी यस बर्ष १० औं योग उत्सव कार्यालय परिषरमा सम्पन्न गरेको प्रभारी अधिकारी मेजर कनौजियाले बताउनुभयो । कार्यक्रम समापनमा योग गुरु बृृद्धिचन्द अग्रवाल, अनुयायी भरतराज शर्मालाई खादासँगै प्रंशासापत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया