आर्थिक सहायताका नाममा ४४ लाख वितरण

इनरुवा । इनरुवा नगरपालिकाले आर्थिक सहायताको नाममा ४४ लाख रुपैया कानुन र पक्रिया विपरीत वितरण गरेको महालेखाको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको प्रतिवेदनको बुद्धा नं. ३१ र बुँदा नं. ७९ मा नगर प्रमुखले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ विपरीत ठाडो आदेश तोकमा विभिन्न व्यक्तिलाई नियम विपरीत उक्त रकम वितरण गरेको औँल्याएको छ ।


नगरपालिकाले सामािजक शीर्षकमा २० लाख ४९ हजार ८ सय ८० रुपैयाँ र विभिन्न सघ संस्था र व्यक्तिलाई २३ लाख ६९ हजार ९५० रुपैया मापदण्ड विपरीत वितरण गरेको देखाएको छ । महालेखाका अनुसार नगरप्रमुखको तोक आदेशमा ४४ लाख १९ हजार ४३० रुपैया आर्र्थिक सहायताको नामा अनियमितता भएको छ । महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ नगरपालिकाले आफ्नो क्षेत्राधिकारका सम्बन्धमा कुनै ऐन नबनाई ठाडो आदेशमा रकम वितरण गरेको छ यो सरासर अनियमितता हो ।

तपाईको प्रतिक्रिया