बाढी पहिरोबाट दर्जनको मृत्यु, सैयौ घाइते, विस्थापित

गत विहबिारबाट शुरुभएको मनसुनसँगैको अविरल बर्षाका कारण कोशी प्रदेशका पहाडी जिलमा गएको पहिरो, बाढीले दर्जनभन्दा बढीको मृत्यु भएको, सैयौ घर परिहरोले पुरेको, सैयौ विस्थापित भएका छन् । खासगरि पहाडी जिल्लाहरु संखुवासभा, पाँचथर, ताप्लेजुङ्गमा हालसम्म सबैभन्दा बढी मानवीय क्षतिसँगै भौतिक सम्पत्ति नष्ट भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ११ आङ्गलामा शनिवार आएको पहिरोले घर बगाएको छ भने सो स्थापनमा १२५ घर विस्थापित भएका छन् । पहिरोले माल्टा खोलाको पक्की पुल जोखिममा परेको छ भने स्थानीयको खेतबारी कगरमा परिणत भएको छ । सिँचाईका लागि खनिएका कुलोहरु बगाएको छ । विस्थापित भएकाहरु यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । संखुवासभमा १० वटा स्थानीय निकाय रहेका छन् । भोटखोला, चैनपुर, चिचिला, धर्मदेवी, खाँदबारी, मादी, मकालु, पाँचखपन, सभापोहारी, सिलिचोङ्ग सबै बाढी र पहिरोको जोखिममा रहेका छन् । यतिबेला बाढी पहिरोको कारण जोरपाटी हुँदै जाने चैनपुरसँगको संख्या टुटेको छ । उता ताप्लेजुङ्गको सीमावर्ती गाउँपालिका फक्तालुङ्ग यतिबेला बाढी र पहिरोले नराम्रोसँग प्रभावित भएको छ । फक्तालुङ्ग गाउँपालिका वडा नं. २ स्थित शुक्रबार गएको पहिरोले एकै घरका चार जनाको पुरिएर मृत्यु भएको छ । पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको छ । बाढीपहिरोले ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउँपालिका, मौवाखोला, मेरिङ्गदेन, मिक्वा खोला, फक्तालुङ्ग, सिदिङ्गबा, सिरिजंगा, पाथीभरा, याङ्गबरक गाउँपालकाहरु सबै प्रभावित भएका छन् । कतिपय स्थानका सडक बगाएको छ भने कतिपय स्थानका पुलहरु क्षतिग्रस्त बनाइएको छ । बाढी पहिरोको कारण विस्थापित भएका, मृत्यु भएका, घाइते भएकाहरुका सम्बन्धमा राज्य संवेदनशील देखिएको छैन । मृत्यु भएकाहरुाई समयमै उद्वार गर्न नसक्नु, घाइतेको उपचार हुन नसक्नु, विस्थापित भएकाहरुलई उचित आवासको व्यवस्था नहुनु, राहतको व्यवस्था नहुनु विडम्बना हो । आपत्तकालीन अवस्थामा नागरिकले राज्यका तर्फबाट आशा गरेका हुन्छन् । तर घट्ना स्थालसम्म राज्यका कुनै निकायको उपस्थिति नहुनु अर्को विडम्बना हो । गृहमन्त्रालय यसपटक प्रारम्भदेखि नै चुकेको छ । सञ्चार माध्यमहरुबाट बाढी पहिरोबाट सतर्क रहौं, भन्ने सूचनामात्र प्रकाशित, प्रसारितगरेर आफ्नो दायित्व पूरा भएको ठम्याई उसको छ ।
यतिबेला सुरक्षा संयन्त्रलाई स्टेण्डबार राख्नुपर्ने हुन्छ । तरत्यस्तो देखिएन । पहिरोले पुरेर, खोलाले बगाएर नागरिकको मृत्यु भइसकेपछि र स्थानीयले यस्ता मृत शरीरहरु निकालिसकेपछि प्रहरीहरु पुग्ने गरेका छन् । उनीहरुको काम मुचुल्का उठाउने, बेपत्ताको नाम टिप्ने, क्षतिको अनुमानित लगत संकलन गर्न, घाइतेहरुको विवरण संकलन गर्ने काम मात्र देखियो । घाइतेहरु उपचार अभावमा पीडा सहेर बस्न बाध्य छन्, विस्थापितहरु राअत विना छट्पटाइरहेका छन् । घाइते र विस्थापितलाई राज्यले तत्काल कहिल्यै राहत दिएको पाइँदैन । न हिजो दिएको न आज दिएको छ । एक दुई महिना पछि दिएको राहत दिनु भन्दा नदिनु उचित हुन्छ । प्रधानमन्त्री दैवी उद्वार प्रकोप कोषमा करोडौ रुपैया थन्किएर बसेको हुन्छ तर पीडितहरुले आवश्यक परेको समयमा पाउँदैनन् । गृहमन्त्रीको सम्पूर्ण तयारीका साथ बाढी, पहिरो पीडितका लागि राज्य लागेको बताएका थिए । तर घट्नाक्रमले गृहमन्त्रीको उक्त भनाईको खिल्ली उडाएको छ ।

तपाईको प्रतिक्रिया