धरान/ भेडेटारलाई स्वच्छ, सफा र पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित गराउनत्यहाका स्थानीयबासिन्दा, होटल एसोसिएसन, प्रहरी प्रशासनलगायतविभिन्न संघ संस्थाले अभियानलाई निरन्ततादिदै आएका छन् ।
उनीहरुले भेडेटारको सुन्दरतामाअझनिखार आओस् भन्ने उद्देश्यले विगत ५ बर्षदेखि सडक, डूेनमा रहेकाफाहोर सफा गरेर निश्चित ठाउमा फाल्ने अभियानचलाएका छन् । अभियानअन्तर्गत प्रत्येक शुक्रबार र सनिवार हप्ताको दुईपटक सडक सफागर्नुपर्ने र कामविशेषले कोहीव्यक्ति सरसफाइअभियानमाआउननसक्नेलाई १ सय रुपैया जरिमाना समेत तिर्नुपर्ने व्यवस्थागरिएको छ ।
गाविस भएको हिसाबले नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाको जस्तो छुट्टै सरसफाइकोष नभएकोले उनीहरुले स्वतस्फूर्त रुपमा ४ घण्टा सरसफाइगर्ने अभियानथालेकाहुन् ।यसको अनुशरण पछिल्लो समयमाअन्य क्षेत्रले समेत गर्ने गरेको स्थानीयबासीहरुको भनाई छ ।
े भेडेटारमाआउने आन्तरिक तथावाह्यपर्यटकलाई आकर्षित गर्न यस्तो अभियानचालिएको अभियानमाहोटल एसोसिएसनअफ भेडेटारले अग्रणी भूमिकानिर्वाह गरेको छ । फाहोर मैलालाई व्यवस्थापन गरेर आउने पर्यटकलाई भडेटार स्वच्छ, सफा र हराभरा छ भन्ने देखाउनकै लागिभएपनि यो अभियानचालेको एसोसिएसनका सचिवजितेन राईले जानकारी दिनुभयो । होटल एसोसिएसनकै अगुवाईमाविभिन्न संघ संस्था, सरसफाइसम्बन्धीकामगर्ने निकायहरुसंग समन्वय गरेर यो कार्यलाई निरन्तादिएको उहाको भनाई छ ।
बजेट अभावकै कारण सरसफाइकै लागिगाविसले बजेट नछुट्याउने गरेकोले स्वतस्फूर्त रुपमायहाका सवै पक्षलागि परेको र नआउनेलाई लिने गरेको १ सय रुपैया जरिमाना समेत कोषमाजम्माहुने उहाको भनाई छ ।
यस अभियानलाई शान्ति सुरक्षाको जिम्मेवार बोकेर बसेको भेडेटार चौकीले समेत साथदिएको छ । भेडेटार पर्यटकीय स्थलभएकोले यसलाई अझ सुन्दरताथप्न सफाई अभियानमा समेत प्रहरीले साथदिने गरेको भेडेटार चौकीकाइन्चार्ज सहायकप्रहरी निरीक्षकतीर्थ कार्कीले जानकारी दिनुभयो ।
विशेष गरी गर्मी यामको समयमा तराईबाट गर्मी छल्नकै लागिदैनिक सैयौको संंख्यामाधनकुटाको भेडेटार जाने गरेको पाइएको छ । पछिल्लो समयमायसको प्रचारप्रसार व्यापक भएपछि भारतकाविभिन्न स्थानबाट पर्यटक आउनथालेका छन् ।
धरानबाट १७ किमी उत्तरमा पर्ने भेडेटार चीसोको लागि मात्र नभई त्यस स्थानमा भ्रमणका लागि अत्यन्तै रमणीय स्थानहरु रहेका छन् । नमस्ते झरना, चाल्स पोइन्ट, धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिर, संख घण्ट जस्ता रमणीय स्थलले अझ भेडेटारलाई सुनमा सुघन्ध थपेको छ भने यो सरसफाइअभियानले अझ एउटा इटा थपिएको त्यहाकाबासिन्दाहरुको भनाई छ ।
