काठमाडौं र टी–२० विश्वकप छनोटको तयारीका क्रममा सोमबार भएको नेपाल र ओमानबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
बेलफास्टमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । ओमानले १६।३ ओभरमा ११६ रन बनाउादा पानी
परेपछि खेल रोकियो ।
ओमानका जिशान मकसुदले ३१ बलमा चार चौका र ३ छक्काको मदतमा ४४ रन बनाए । भैरव वाटेगावश्करले २३ र खवर अलीले २२ रन बनाए । नेपालका शक्ति गौचन, जितेन्ऽ मुखिया, सागर पुन र ज्ञानेन्ऽ मल्लले समान १–१ विकेट लिए ।
वर्षाका कारण प्रभावित खेललाई १६ ओभरमा छोट्याएर डीएल मेथडका आधारमा नेपालले १२६ रनको लक्ष्य पायो ।
तर, जवाफमा नेपालले मात्र ३ बल खेल्दा फेरि पानी पर्रुयो, जतिबेला नेपालले मात्र ६ रन बनाएको थियो ।
पानी नरोकिएपछि नेपाल र ओमानबीचको खेल रद्द गरिएको छ ।
नेपालले मंगलबार यूएईसाग प्रतिष्पर्धा गर्दैछ ।
त्र
