बाउदेउलाई प्रहरीसँग डर
झालेमालेका उपाध्येक्षे बाउदेउ गौतम हिजो आज प्रहरीसाग खुबै डराउन थाल्या छन् । घरेलु मन्तरी समेत रहेका गौतमलाई प्रहरी देख्दा एककाएक किन डर लाग्न थाल्या होला ? उनकै थुतुनोले ओकलेको प्रही देख्दा मलाई शुरुवातमै सु–आउन थाल्या छ गौतमका कुुरा सुनेर घण्टाघर पनि अलमलमा पर्न थाल्या छ । आगो खाएर आगार विस्ट्याउने गौतम तिसाह्रा प्रहरीसाग किन
डराउन थाल्या होलान् । हिजो आज प्रहरीले गौतमलाई सलुट हान्नु ? प्रहरी भन्या यिन्का कमारा कमारी हुन र ? सलुट खान त्यतिकै रहर भए महिनावारी दिएर दुई चार जना निजी सुरक्षा गार्ड राखे भैहाल्यो नि । बुट बजारी बजारी तिन्ले तन्केर सुलुट हान्दि हाल्छन् नि । देशको सुरक्षाको चिन्ता लिनुपर्ने गृहमन्त्रीले सलुट खान पाइन भनेर चिन्ता गरेको देख्दा उदेक लाग्न थाल्या छ । हुन त बाउदेउलाई प्रहरी देख्दा डरलाग्नु स्वभाविक हो । भुकम्प पीडितका नाममा करोडौ डकारेको उजुरी अख्तियारमा पर्या छ । केही दिन भित्रैमा पदबाट खुस्कने गौतमलार्य हत्कडी नै लगाउनुपर्ने हुनसक्छ । लहै गौतम वा कुरो के हो आफै मनन गर ?
ताइ न तुइको सुनुवाही
धरान उपमहानगरपालिकाका मुखिया टीकादत्त राईले अस्तिकहा दिन ताइ न तुइको सार्वजनिक कार्जेक्रम राखेछन् । बाहिरबाट हेर्दा गठ्ठे–गठ्ठे देखिने मुखिया माने प्रमुख त भित्री त तित्राल नै रै’छन् । अब हेरौ न भुत्लोभाङ्ग केही काम गर्नु छैन तैपनि आmूले ो यो गरे भनेर सार्वजनिक सुनुवाही राखे । एक हातसे देना एक हातसे लेनाको स्थितिमा भएका कर्मचारी वरिपरि राखेर सुनुवाहीको कार्जेक्रम राखे । मौसम हेरेरै कार्जेक्रम राख्या होला । गोडा चारेकले बोली नसक्दै हावाहुरी र पानील्े झम्टी हाल्यो । आफ्नो विरोध गर्नेले, आफ्नो पोल खोल्ने ले बोल्नै नपाएसी मुखि वा कम्त दंग परेनन् । धन्न हावाकुरी र पानीले साथ दियो नत्र मुखिया बालाई सनुवाहीमा सुरुवाल समाउदैको दास्ती हुथ्यो । सनुवाहीमा बोल्न नपाएकोले कार्जेकक्ष्मै पुगेर थर्काएछन् विचारलाई । तै अलिकति फुइ लगाउनचाहिा भ्याएछन् ‘मैले गर्न खोज्या काममा कसैले साथै दिादैनन्, यहााका नेता र मान्छेलाई बुझाउनै गाह्रो । उनलेृ त्यसो भन्दा घण्टाघरलाई भने खित्का छाडेर हाास्न मन लाग्यो ।
थच्चिने भए
खप्रओ माने झालेमालेका अध्येक्षेलाई कहिलेकाहीा साह्रै जंग चल्दो रै’छ । अस्तिका दिन आफ्नो सभासदलाई खप्रओले थर्काछन् ।ओलीले थर्काएसी’ अब झालेमालेका सभासदहरुले जथाभावि थुतुनो बाउन नमिल्ने भएको छ । मने अब सबै सभासदहरुले पार्टीको धारण भन्दा बाहिर गएर बौलन नपाउने रे, खप्रओको निर्देशन छ । विचराहरुलाई यतिबेला कम्ता आपत पर्या छैन, घरमा श्रीमतिसाग बोल्न पनि पार्टीसागै सोध्नुपर्ने भएको छ । कदंकथालित पार्टीधा कारणा विपरीत बोल्यो भने विचराहरुलाई हरिप्रसाद होइएला भन्ने कम्ता पिर छैन । स्वतन्त्रताका लागि यत्रो सविधान बन्दैछ विचरा झालेमालेका सभासदहरुलेचाहिा बोल्नै नपाई थन्किनु पर्नेे भएको छ ।
जारी सँगै संघर्ष
वैधाउलाई छोडेर माने पारापाचुके गरेर भिन्दै घरजम गर्दै आएको विप्लव माउवादीले संविधन जारी हुने बित्तिकैदखि संघर्षगर्ने रे । कसैले संविधान जारी नहुादै संघर्ष गर्न थालिसक्या छन् । केही दिनदेखि यसका लागि दह्रै रिहर्षल हुन थाल्य छ । मधेशवादी दलहरुले संविधानसभामै मस्यौदा च्यातेर
नाराबाजी गरे, राप्रपा नेपालका कमलाउहरुल्े अस्तिका दिन कुर्सी माइक फुटाएरै दह्रो रिहर्सल गरे, पूर्वतिर आदिवासी जनजाति युवाहरुले आफ्नो अभियान जारी राख्या छन् । अब विप्लव काजी चाहिा जारी भएसी संघर्ष गर्छम् भनेर हात बााधेर बस्या छन् । नयाा संविधानले राष्ट्रियता, जनतन्त्र, जनजीविका, जोखिममा पर्दै जान्छ अनि जनतालाई गाास बाास र कपास दने छैन । त्यससपछि संघर्ष गर्दा जन्ताले साथ दिन्छन रे । के बुद्धि, त्यतिबेला ढिलो भैसक्छ । ताप्के तातेकै बेला ठोके पो त्यो दोब्रिन्छ र साइजमा आउाछ । विप्लवलाई घण्टाघरको सुझावमात्र हो । माने मान नमाने नमान घण्टाघरलाई लुतो न कन्याई ।
विचरा हरि प्रसाद
राम्रा राम्रा तरुनी र आइमाका छातीमा घोप्टी घोप्टी, तानी तानी, हातले गाला मुसारी मुसारी आर्शीवादल लिने अस्तिसम्म कृषिमन्त्री हरिप्रसाद पराजुली यतिबेला सडक छाप भा’छन् । यस्तो दशा त दैवलाई पनि नलागोस् । हाम्रा गामघरतिर भन्थे थुतुनो र खै त्यो के जाति हो नजोगाए दु:ख पाइन्छ बाबै । झालेमोका पुतलीजुागे नेता माकुने उकताका झक्कुप्रसाद सुवेदीको नाम सुन्ने बित्तिकै काप्न थाल्थे, बर्बराउन थाल्थे । यतिबेला हरिप्रसादलाई त्यस्तै भा’छ । असार १५ गते धान दिवस भनेर यसो कुरेमत्र कोट्याउनुपर्छ विचारा एकोहोरिन थाल्छन् । सत्तामा बसेर स्यालुट खाादै चिल्ला गाडीमा दौडदै दाया बाया गर्ने बानी परेका हरिप्रसादलाई यस बर्ष साढे सातिको हैन साढे चौधको दशा लाग्या रै’छ । अब बरु यसो जान्ने बाबालाई देखाएर स्वस्ति शान्ति पो गर्ने हो कि ?
फेरि ङयारङुर
केही समय साम्य भएको माउवादी अध्येक्षे प्रचण्डाउ र अर्को झुसे नेता बाउराम भट्टराईको मन फेरि फाटेको छ । यतिबेला दुवै फेसिर कुत्ति र बिल्ली जस्तै ङ्यारडुर गर्न थाल्या छन् । अस्तिका दिन झुसे नेता बाउरामले राजधानीको कुनै राम्रीै हाटलमा आफ्ना हनुमान बोलाएर ताइ न तुइको प्रशिक्षण दे’छन् । यो कुरा सुने पछि प्रचण्डाउको कन्सिरी नतात्ने कुरै भएन । पार्टिभित्रको विवाद बल्ल बल्ल साम्य गरायो झुसे भट्टराई छुस्स छुस्स विवाद झिकिरहन्छन् । कुन दिन प्रचण्डाउको कन्पारोले काम गर्न छोड्छ अनि थाहा पाउाछन् झुसे भट्टराईले ।
बेकामे पद
अस्तिका दिन उपराष्ट्रपति परमानन्द झाले साह्रै चित्त दुखाए । उपराष्ट्रपति भन्या बेककामे पद हो रे उन्ले भन्या । यस्तो बेकामे पद संधिवानमा किन राख्या होला ? बेकामे पदका लागि आवास, सुरक्षा, लाखौ भत्ता देर किन राख्नु पर्यो ? जसको कामै छैन, बेकामे छ त्यसैका लागि यत्रो खर्च वित्थाा किन गर्नुपर्या होला ? यो सरकार पनि ठिसै रै’छ । बरु यस्ता बेकामे पदलाई चैट बनाएर त्यस वापतको रकमले गरिबका लागि छाप्रा बनाइदिए हुन्थ्यो नि । हुन त यहा कुन पार्टी काम लाग्ने छन् र ? सबै बेकामे नै छन् ।
राष्ट्रपति झन महा बेकामे । अब बन्ने संविधानमा यस्ता बेकामे पद हाटाउने व्यवस्था गर्ने हो कि ?
अन्तेमा
हाम्रा नेताहरुले फास्ट ट्रयाकबाट संधिान ल्याउन लाग्या छन् । सात बर्षसम्म राज्येको ढुकुटी चपाएर कुम्भकर्णको निन्द्रबाट भर्खरैमात्र व्युाझिएका हुन् । तर यिन्ले ल्याउन लाग्या संधिान मुलुकलाई हरिकंगाल र मगन्ते बनाउने निश्चित देखिएको छ । अरु देशमा समानुपपातिकमा महिलामात्र मनोनित हुन्छन् । तर यिनले गर्न लाग्या समानुपातिक व्यवस्थाले जनताले नपत्याएका, आचार खुस्किएका, ठग, अपराधी, भ्रष्टाचारहरुलाई लुतुलुतु तान्ने व्यवस्था गर्देछ । छैन फास्ट ट्रयाक संविधानको कमाल ?
