डायमन्ड शमशेर पुरस्कार नीर शाहलाई

२०७१ सालको डायमन्ड शमशेर साहित्यिक पुरस्कार एवम् सम्मान
वरिष्ठ फिल्मकर्मी नीर शाहलाई प्रदान गरिने भएको छ। डायमनशमशेर साहित्यिक प्रतिष्ठानले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो ।
पुरस्कार छनौट समितिका संयोजक डा. गोविन्द प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डायमनशमशेरको ’वसन्ती’ र ’सेतोबाघ’ उपन्यासलाई चलचित्रको पर्दामा उतारी महत्वपूर्ण योगदान गरे वापत शाहलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
हरेक वर्ष राणाको जन्मदिन पारेर असार २१ मा प्रदान गरिादै आएको उक्त पुरस्कार एवम् सम्मान यस वर्ष भने भूकम्पको कारण देशमा असहज परिस्थिति सिर्जना भएको हुादा पछि एक विशेष कार्यक्रम गरी उपयुक्त समयमा प्रदान गरिने पनि जनाइएको छ ।
पुरस्कारको राशी रु. २५००० र सम्मान पत्र रहेको छ ।
यस अघि सेतो बाघको अडियो सिडी निर्माता श्री खगेन्ऽ नेपाली, ऐतिहासिक उपन्यासकार सुन्दर प्रसाद शाह दुखी’लाई प्रदान गरियो र सेतोबाघकी अंग्रेजी अनुवादक श्री ग्रेटा राणा यस सम्मानबाट सम्मानित भइसकेका
छन ।

तपाईको प्रतिक्रिया