सुनसरीमा दुई स्थानीय निकाय थप

धरान । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सुनसरीमा दुई स्थानीय निकाय थप गरी १४ पु¥याएको छ । यस अघि अर्थात २०७३ सालमा सुनसरीका ५१ वटा स्थानीय निकायलाई एक अर्कामा मर्च गरी १२ वटा पु¥याइएको ्रथियो । जसमा धरान उपमहानगर पालिका, इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगर पालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिह गाउँपालिका, बर्जु गाउँपालिका, हरिनगरा गाउँपालका र देवानगञ्ज गाउँपालिका रहेका थिए ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सीमावर्ती हरिनगरा गाउँपालिकाको वडा नं. १, २, ५, ६ र ७ लाई भुटाहा गाउँपालिकामा थप गर्ने र केन्द्र साविकै भुटाहा गाउँ विकास समितिको कार्यालयलाई तोकेकोे छ । यस्तै गरी कोशी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा बराहक्षेत्र नगरपालिकाको वडा नं. ११ लाई समावेश गरेर लौकही गाउँपालिका पुन ः थप गरिएको छ । सोको केन्द्र साविककै लौकही गाविसको कार्यालयलाई तोकेको छ । उता इनरुवा नगरपालिकको वडा नं. ७ लाई झिकी गढी गाउँपालिकामा समोश गरिएको छ । गढी गाउँपालिकाको वडा नं. ५ र ६ तथा इनरुवा नगरपालिकाको वडा नं. १० लाई हरिनगरा गाउँपालिकामा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया