घाइते प्याकुरेललाई सहयोगको खाँचो

धरान । नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो । अहिले पुनः सहयोग मार्फत ान्सा कोठा निर्माण गरिएको हो । उहाँको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो ।


क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका सामाग्री निरन्तर सहयोग गर्दे आएको क्लबले पछिल्लो समय क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा भान्सा कोठा निर्माण गरिदिनुभएको हो । घर निर्माण सम्पन्न भएपनि भान्सा कोठाको अभावको महसुस भएपछि भान्साकोठा निर्माण गरिदिएको ताम्राकार बताउनुहुन्छ । सो अवसरमा लायन्स क्लबका डिष्टिूक शिवहरी शर्माले गरिब तथा असहायलाई यस प्रकारको सहयोग पु¥याएकोले क्लबलाई धन्यवाद दिनुभएको थियो । मानवीय सेवामा सधै लायन्स समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहयोगपछि प्याकुरेलका परिवार धेरै खुशी भएका छन् । विगतदेखि नै विभिन्न प्रकारको सहयोग पु¥याउदै आएको क्लबले पछिल्लो समय भान्छा कोठा निर्माण गरिएकोमा घाइते मजदुर प्याकुरेलले क्लबका सबै परिवारलाई धन्यवाद दिनुभयो । धरान १५ महादेवचौकका पुण्य प्याकुरले मजदुरको काम गर्नुहुन्थ्यो । नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका प्याकुरेलको दिनचर्या अहिले पनि ओछ्यानमै वित्छ । मजदुर गरेर परिवार पाल्दै आउनु भएका प्याकुरेलको परिवार अहिले सहयोगमा भरमा चल्दै आएको छ । धरानको केटु फेन्सी स्टोरमा मजदुरीको काम गरेर धरान १५ महादेव चौक डेरामा फर्कने क्रममा नौ बर्ष अगाडि प्याकुरले चढेको टेम्पोलाई बसले ठक्कर दिएको थियो । अरु सामान्य उपचारपश्चात घर फर्किए पनि प्याकुरकोे मेरुदण्ड (स्पाइनल कर्ड) भाँचियो । दुर्घटनामा परेपछि मजदुरी गरेर जेनतेत परिवार पाल्दै आउनु भएका प्याकुरेलको जीवनयापनमा समस्या परेको थियो । घाइते प्याकुरेलकोे परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । अर्थिक अवस्था कमजोर रहेकै कारण परिवारको लालनपोषसँगै बालबच्चाको शिक्षामा समेत समस्या छ । घाइते प्याकुरेलाई जीवनयावनमा सहज होस् भन्ने उद्देश्यले नौ बर्ष अगाडि मजदुर र पत्रकार मिलेर सहयोग रकम जुटाएर घर निर्माण गरिएको थियो । घाइते प्याकुरेलको स्वास्थ्यमा सुधार नआएकै कारण अहिले पनि उहाँको परिवार सहयोगकै भरमा सञ्चालन भइरहेको छ ।
त्र

तपाईको प्रतिक्रिया