जाँगर भए स्वदेशमै आम्दानी गर्न सकिने

धरान । जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण धरान ४ का एक कृषकले उदाहरण पेश गर्नुभएको छ । गाउँमा अर्गानिक खेतिको अभियन्ता समेत मानिएका कृषक कृष्ण राईले उत्पादन गरेको कृषि जन्य सामाग्रीले बजार नपाउने त कुरै छैन उत्पादन भएको कृषिजन्य सामाग्री समेत पु¥याउन धौ धौ परेको छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई उहाँले तोडिदिनु भएको छ । धरान ४ बसन्तटारमा सोताङ अग्र्यानिक एग्रिकल्चर सेन्टर सञ्चालन गर्नुभएका राई अहिले धरानका कृषकहरुका लागि उदाहरणीय पात्र बन्न सफल हुनु भएको छ । उहाँले विषासीरहित पूर्ण रुपमा उत्पादन गर्दै आउनु भएको कृषि सामाग्री धेरै विक्री हुने गरेको छ । उहाँले उत्पादन गरेको सामाग्री अहिले बजारमा पु¥याउन नै मुस्किल भएको छ । उपभोक्ताले भागेको भन्दा कटाएर उहाँले विक्री गर्दै आउनु भएको छ ।


राईले ०५६ सालमा आफ्नै बारीमा काउली रोपेर कृषि फर्ममा लाग्नु भएको थियो । अहिले उहाँको बारीमा सिजन अनुसारका टमटर, सिवी, काक्रो, बोडी लगायत हरियो तरकारी हुन्छन् । उहाँले खेती गर्नु अघिएक मुठा साग किन्न पनि स्थानीयहरु धरान बजार आउथे । तर अहिले उहाँले थालेको अग्र्यानिक खेतिलाई अरुले समेत पछ्याउदै गएका छने । अहिले ९५ घर परिवार उहाँकै पदचापलाई पछ्याउदै विना रसायनिक मल अर्गानिक मल प्रयोग गरेर हरियो सागसब्जी उत्पादन गर्छन् । उहाँले स्वदेशमै केही गर्ने धेरै आधारहरु भएपनि सबैले प्रयोग गर्न नसकेको उहाँको भनाई छ । उहाँले मानिस र बोटविरुद्धको सम्बन्ध निकट भएपनि यसलाई प्रयोग गरेर धेरै उत्पादन गर्न सकिने र मानिस पनि स्वस्थ बन्न सकिने बताउनुभयो । उहाँले आफूले प्रयोग गरेको मलमुत्रबाट खेति गर्ने र त्यसबाट उत्पादन भएको ग्याँसबाट खाना पकाउने कामलाई प्रयोगमा ल्याउनु भएको छ । यो प्रयोग सफल भएको समेत उहाँ दाबी गर्नुहुन्छ उहाँले यसैको प्रयोगबाट घरमै करिब २ सय जति गमलाबाट सब्जी उत्पादन गर्नुहुन्छ । उहाँले अहिले तरकारीसँगै वंगुरपालनबाट पनि मनग्ये आम्दानी गर्नुभएको छ । तरकारीबाट मात्र उहाँ उनी बार्षिक १४ लाख बढी कमाउने बताउनुहुन्छ । यसमध्ये सबैभन्दा धेरै टमटर उत्पादन उहाँ बताउनुहुन्छ । बार्षिक १० टन टमटर बेचेर उनी ९ लाख जति आम्दानी गर्ने उहाँको भनाई छ । तरकारी र वंगुरपालनको कमाईले वसन्तटारमा ४२ कट्ठा जग्गा किनेर तरकारी लगाउँदै आउनु भएको छ । कृषिमा सम्भावना भएपनि युवाहरु विदेश पलायन भएकोमा उहाँ राज्यलाई दोष दिनुहुन्छ । राज्यबाट युवालाई कृषि क्षेत्रमा प्रोत्साहन हुने खालका योजनाहरु ल्याउन सकेको खण्डमा कोही पनि विदेश जानु नपर्ने उहाँको बुझाई छ ।

तपाईको प्रतिक्रिया