ब्राम्हण समाज राज्यबाट उपेक्षित भएको गुनासो

धरान । ब्राम्हण समाज नेपाल, कोशी प्रदेश कार्य समितिले धरानमा दिपावली तथा छठ पर्वको अवसरमा धरान २ गीता मन्दिरमा भएको शुभकामनो कार्यक्रममा ब्राम्हण जातिलाई पछिल्लो पटक चौतर्फी प्रहार हुदै गएको बताएका थिए । समाजका कोशी प्र्रदेश अध्यक्ष पण्डित केशव अधिकारीले ब्राम्हण जातिले धेरैले गाली गलौज गरेको बताउदै गाली गलौज गर्नुको कारणको विषयमा ब्राम्हणहरु सचेत हुनुपर्ने अवस्था रहेको बताउनुभयो । २०६६ सालमा स्थापना भएको समाजले विगतमा सबै जातजातिको अगुवाई भएर ऋषिको भूमिका निर्वाह गर्दै आएको बताउँदै ब्राम्हण जातिप्रति राजनीतिक, साँस्कृतिक, भेषभुषा लगायतमाथि आक्रमण गर्ने काम भएकोले यसप्रति सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  समाजकी केन्द्रीय सदस्य जानुका बास्कोटाले ब्राम्हण समाजको भूमिकाका विषयमा भावि पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा अपहेलित नभई प्रतिष्ठित ढंगबाट जीवनयापन गर्न पनि भावि पीडितलाई सकारात्मक पक्षका विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो । उनीहरुले पछिल्लो समय राज्यले व्राम्हण समाजप्रति विभेद गरेको बताएका छन् । राज्यले ब्राम्हण जातिलाई अन्य जातिमा राखेर ब्राम्हणको जरो किलो नै समाप्त पार्न सरकार नै लागेको समाजका केन्द्रीय उपाध्यक्ष डिल्लीराज उप्रेतिले आरोप लगाउनुभयो । उहाँले २२ प्रतिशत जनसंख्या बसोबास भएको नेपालमा सबैतिर उपेक्षित भएर बस्नुपरेको तीतो यथार्थ उप्रेतिले बताउनुभएको थियो ।
सो अवसरमा समाजका  धरान उपमहानगर समिति, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी, समाजमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया