तीन जना स्रष्टा सम्मानित हुँदै

धरान । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्म जयन्तिका अवसरमा तीन जना स्रष्टाहरु सम्मानित हुने भएका छन् । धरानस्थित रहेको लक्ष्मी वाचनालयले विगतका बर्षहरुमा झैं यस बर्ष पनि श्रष्टाहरुलाई सम्मान गर्न लागेको हो । वाचनालयले लक्ष्मी जयन्तिका अवसरमा विराटनगरका कवि एवम् लेखक दिंगलाली कान्छा (दिनेश सुवेदी), साहित्यकार भारती गौतम र कवि श्रेष्ठ परिक्रमालाई कार्तिक २६ गते सम्मान गर्ने भएको हो ।


लक्ष्मी वाचनालयका अध्यक्ष पुष्प ढकालले दिनुभएको जानकारी अनुसार स्रष्टाहरुको सम्मानसँगै वाचनालयकै सभाकक्षमा वृहत कवि गोष्ठीको समेत आयोजना हुने भएको छ । सँस्कृत विश्व विद्यालयका पूर्व रजिष्टार, पिण्डेश्वर विद्यालयका संस्थापक ९६ बर्षीय पुरुषोत्तम  भट्टराईको प्रमुख आतिथ्यमा आयोजना हुने कवि गोष्ठीमा सुनसरी, मोरङ, झापा, इलामका कवि तथा कवियत्रीहरुको सहभागिता रहने भएको छ ।

तपाईको प्रतिक्रिया