माछा भौडी पार्कमा बृद्धबृद्धा र बालबालिकाको आकर्षण बढ्दै

धरान÷ सहरको बीचभागमा दुर्घन्धित स्थान । धरानउपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभानचौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्तबजारको बीचभागमा रहेको यो स्थानमाविगतमा बाटो हिड्नेहरुदुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए तर त्यहाँ रमाइलो पार्क बनेपछि यो पार्कमा एक पटक नछिरी वा नबसी कसैको मन नै नमान्ने स्थान बनेको छ ।
विगतमाफोहोर पानीबग्ने भौडीमा अहिले रमणीय पार्क बनेको छ । पार्कमावरिपरि बगैचा, बस्ने फलैचासँगै कार्यक्रमगर्नेहरुकालागिमञ्चको व्यवस्था, त्यो सँगै बालबालिकाकालागि खेल्ने चिल्डूेन पार्क निर्माण भएको छ । दुर्गन्धित क्षेत्रमापार्क निर्माण भएपछि अहिले बृद्धबृद्धाहरुको भलाकुसारी गर्ने थलो र बालबालिकाहरुको लागि खेल्ने स्थानभएको छ ।त्यस स्थानमा धरान उपमहानगरपालिकाले गौरवको आयोजना अन्तर्गत पार्क निर्माण भएको हो ।


विगतमा सानो खोल्सो बर्षाद्का कारण ठूलो भौडी भयो, बढ्दै जादाखोल्साको रुप धारण ग¥यो, यसलाई सबैले डम्फिन साइडको रुपमाप्रयोग गर्न थाले । तर अहिले त्यो स्थानपार्कमा परिणत भएपछि उमेर ढल्केकाकालागि मन भुलाउने स्थान र बालबालिकाकालागि मन भुलाउने ठाउँ भएको स्थानीय मीबहादुर लिम्बु बताउनुहुन्छ । उपमहानगरपालिकाले माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि  सारेपछि यो पार्क निर्माण भएको हो । धरानउपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय तारा सुब्बाले आफू निर्वाचित भएर आएपछि नगर गौरव योजना अन्तर्गत माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सार्नुभएको थियो । पार्कमा बाल उद्यान, बृद्ध मिलन केन्द्र, विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्ने थलोको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको हो । विगतमा नाक थुनेर हिड्ने स्थानजुन बाटो हिड्न समेत सकिदैनथ्यो । अहिले एक दुई किलोमिटर हिडेर धरानकाविभिन्न स्थानबाट बृद्धबृद्धाहरु यो पार्कमा आएर आफ्ना सहकर्मीहरुसँग भलाकुसारी गर्ने गरेको धरान १५ का राजेन्द्र खड्का बताउनुहुन्छ । यो पार्क करिब २ करोडको लागतमा गतबर्ष निर्माण सम्पन्न भएको हो । पार्कमा बालबालिकादेखि बृद्धसम्मलाई समय विताउने स्थलभएको छ । यो पार्कले वडा नं. २ र ३ लाई जोड्ने काममात्र गरेको छैन अहिले पर्यटक भित्र्याउने माध्यमसमेत बनेको वडाध्यक्ष विद्या शाक्य बताउनुहुन्छ  बजारको बीचभागमा बनेको यो पार्कमा धरानको भानुचौकमा आउने जो कोहीले एक पटक बसेरैमात्र अन्यत्र जाने गरेका छन् । विगतमा माछा भौडी भन्ने वित्तिकै दुर्गन्धित स्थान जहाँनपरोस् भन्ने सर्वसाधारणबजारमा किनमेल तथा कुनै काम विशेषले गएको भए पनि पार्कको आनन्द लिएर मात्र फर्किने गरेका छन् ।

तपाईको प्रतिक्रिया