घण्टाघरबाट हेर्दा

धमाधम अपराधी छाड्दै
तनहुँ वाहुन टोलका शितल निवासे जैसी वाहुनलाई मान्नैपर्छ । तिनको कामले यतिबेला नेपालमात्र नभएर विश्व किर्तिमान कायम ग¥या छ । अदालतले अपराधी घोषित गरेका खुंखार डनहरुलाई धमाधम गाँठ लिएर जैसी वाहुनले छोड्या छन्–छोड्या छन् । हुन त जैसी बाजे द्रव्य पिसाचै छन् भन्थे हो कि क्या हो ? नेपालगञ्जका योगराज ढकाल भन्नेसँग ५ करोड भ्यादिए रे । अरुसँग पनि त्यही वेट पककै लिएका होलान् । जैसी बाजेलाई बर्षमा दुई दिनचाहिँ खुँदै पल्टिने रै’छ । झल्लुमार गणतन्त्र दिवस अनि बेकामे संविधान दिवस । यी दुई दिनमा जैसी बाजेको कमाइले नाइटै नाग्ने रै’छ ।
शितल निवास पल्टेर अपराधी छाड्ने होलसेल पसल जैसी बाजेले राम्रैसँग चलाएका रै’छन् । लौ व्यापार दिन दुगुना रात चौगुना बढेर जाओस् ।
पास्टर माकुनेको ठहर


पास्टर माकुनेलाई हिन्दुहरुको चाडपर्व आयो कि टाउको दुखेर खपिसक्नु हुँदैन । अस्तिका दिन त माकुनेले हिन्दुहरुले बढी महत्व पाएका छन् । दशै तिहारको विदा छोट्याउनु्पर्छ भनेर बोलेछन् । आखिरी माकुने भन्या माकुने नै हुन् । त्यसै केपी बाले तिनका चाकमा जोर लात्ती हानेर लघारेका होइन रै’छ । हैन हौ माकुनेको मुखमा मकैको खोयो ठुँस्ने कोही छैन ? जथाभावि बोल्या छ । सामाजिक सद्भाव विथोल्ने त माकुने नै रै’छन् । हिन्दुहरुको चाडपर्वप्रति माकुनेलाई किन त्यत्रो डाहा ? भडुवाहरुले देशमा हालीमुहाली गरेसी’ सबैले दुःख पाउँछन् भन्थे हो रै’छ ।
लाइदेछन् भोटे ताल्चा
अबचाहिँ देशाँ युवाहरुको रगत उम्लन थाले जस्तो छ । अस्तिका दिन बझाङका युवाहरुले त्यसको संकेत गरेका छन् । बझाँगीहरु भुइँचालोले घरवार विहीन भएका छन् । कतिले ज्यान गुमाए, कति अंगभंग भएका छन् । तर खाओवादीका अध्येक्षे प्रचण्डाउ भुकम्पको ताण्डव नृत्यको आनन्द लिन लाखौ रुपैया खर्च गरेर हेलिकोप्टरबाट बझाङ पुगेछन् । उहिताकी बुहारी भट्मास खाएकी युवाहरुको रगत उम्लनु स्वभाविक थियो । वडो ङिच्च ङिच्च गर्दै हेलिकोप्टरबाट उत्रिएर सिडिओ कार्यालय छिरेका प्रचण्डाउलाई युवाहरुले भित्रै थुन्देछन् । थुन्नुमात्र कहाँ हो र ? प्रचण्डे चोर……भनेर नाराबाजी गरेछन् । सलाम छ बझाँङी युवाहरुलाई । अन्त पनि अरुलाई पनि यसै गर्लान जस्तो छ अब ।
निर्लज्ज खड्का
नेप्लिज लाँग्रेसका स्वाँठ मन्तरी अपूर्णबहादुर खड्का जुको टाँसिएझै सरकारमा किन बसिरा’होलान ? राष्ट्रिय दाजुको संरक्षणमा राष्ट्रिय भाउजुको योजनामा वाहुनटोल जैसी वा’ले खडा, खुकुरी, बञ्चरो चलाउनेहरुलई सडकमा पठाएर अविरजात्रा गराइरा’छन् । रक्षे मन्तरी भैटोपल्या निर्लज्ज अपूर्णबहादुर खड्काचाहिँ कालो चस्मा लगाएर हेरिरा’छन् । थपक्क राजीनामा दिएर चल्दिनु पर्दैन ? हुन त स्वाँठले माने निर्लज्ज खड्काले पनि राम्रै दोहन गरेर चाट्न पा’छन् अनि किन छोड्थे ?
देछन् शेखरदाले डाइलग
नेप्लिज लाँग्रेसका नेता शेखर दा’ त्यति बोल्दैनन् । बोलेसी तिनका बाउको पिँधमा मुजा पर्ने गरी बोल्दिन्छन् । अस्तिका दिन शेखर दा’ले पर्धानमन्तरी प्रचण्डाउलाई सरकार छाड्न चेतावनी दिएछन् । सरकार चलाउन नसक्नेले सरकारमा बस्नुको औचित्य हुँदैन रे । क्या वात शेखर दा’ घण्टाघरको किलकिलेको कुरा भन्दिनु भयो । जता गयो भत्काएको छ । विगारेको छ । सद्भाव भड्काएको छ । यस्तालाई ¥याले काजीले काँधमा ठँसठँस्ती कनेर बोकेर हिड्या छन् । काँग्रेसलाई कम्युनिस्टको भारी बोक्ने भरिया बनाएका छन् । शेखर दा’ले झटारो त हाने नि तर क्याुर्न ¥याले काजीले बोक्न छोड्लान जस्तो छैन ।
पर्देश नं. १ मा कुर्सी रेश
पर्दैशन ं. १ मा माने पछिल्लो पटक न्वारान गरिएको कोशीमा यतिबेला कुर्सी रेशको दौड चल्या छ । कुर्सी  रेशमा कहिले एमाले एक नम्बर पु¥याउन नसकेर गुल्टिन्छ, कति छलकपट गर्दा नि कहिले लाँग्रेस एक नम्बर ल्याउन नसकेर  गुल्टिन्छ । गुल्टिने क्रम एक एक महिना चलिरा’छ । पर्देशका जनताले म्युजिकल चियरको भरपुर आनन्द उठाइरा’छन् । हैन हौ बेकामे प्रदेश सभा किन राख्या होला ? चैट्ट बनाइदिए भैगयो । भातमाराहरुलाई ऋण काढी काढी पालेर गोब्रयाउने भन्दा अर्थोक काम त गर्दैनन् ।
फेरि अगाडि सरेछ कृष्णेको पिलो
काँग्रेस राजनीतिमा वेश्या चरित्र भएका कष्णेको पिल्लो फेरि मुख्यमन्त्री बन्छु भन्दै अगाडि सरेछ । दुई दुई पटक गुरुबाट बेइमानीको विधा सिकेपनि अदालतले मुन्ट्याएर निकालेको पिल्लाले अझैसम्म बिर्सेका रैनछन् । हैन हौ थेत्तरोका पनि एउटा हद हुन्छ नि गाँठे । हुन त गुरु गुना चेला त हुन् । गुरुलाई काँग्रेसको महाधिवेशन आउन हुँदैन अध्यक्षमा उठिहाल्छन् । त्यसपछि गुल्टेसी ¥याले काजीको शरणमा घोप्टिन पुग्छन् । आखिरी कृष्णेको पिल्लो पनि उही त हो ।
अन्तेमा
अस्तिका दिन कोशी प्रदेश खारेजीको माग राखी युवाहरुको विशाल आवाज सुनियो । ऋण काढी काढी बेकामे भतुवाहरुलाई पाल्न जरुरी छैन भन्दै नारा लगाएछन् । जे गर्छन अब युवाहरुले नै गर्छन् । एकातिर कोशी प्रदेशमा चर्को एक महिने मुखमन्त्रीको खोजी भइरहेको छ । एक महिने मुखमन्त्री बन्नका लागि थापाकाजी र कार्की काजी लगौटी कसर दौडिएका छन् । अब संघीयता नै खारेज गर्देसी न रहे बाँस न बजे बाँसुरी । त्यसपछि सबै आ आफ्ना घरतिर लाग्ने थिए । लौन केन्द्रमा बसेर नानाथरी फलाक्ने हुँडारहरु हो यो कामचाहिा जाने बेलामा गर ।

तपाईको प्रतिक्रिया