ज्ञानमालाले मनायो रजत जयन्ति

धरान । ज्ञानमाला संंघ सुनसरीको धरानमा आयोजित रजत जयन्ति सम्पन्न भएको छ । बुद्धको उपदेशलाई संगीतमार्फत छर्दै आएको यो संघले स्थापना कालदेखि नै बुद्धको उपदेशलाई संगीतमार्फत सन्देश प्रवाह गर्दे आएको छ । सोही उद्देश्य राखेर ज्ञानमाला संघ सुनसरीले रजत जयन्ति सम्पन्न गरेको हो ।  रजत जयन्ति भिक्षु कौण्डन्य महास्थविरबाट २५ दीप प्रज्वलन, बौद्ध झन्डोत्तोलन शान्ति पदयात्रा गरेर उद्घाटन गरिएको सो रजत जयन्ति दुई दिन सञ्चालन भएको थियो । सो अवसमा संघमा लामो समयदेखि सक्रिय रहेका ज्ञानमाला ंसंघका पदाधिकारीहरूलाई सम्मान समेत गरिएको छ । रजत जयन्तिको अवसरमा संरक्षीका निलकुमारी स्थापित, प्रथम उपाध्यक्ष धर्मकुमारी मोक्तान, द्वितीय उपाध्यक्ष आशा योञ्जन, कोषाध्यक्ष ज्ञानलक्ष्मी श्रेष्ठ, कार्यकारिणी सदस्य बुद्धलक्ष्मी श्रेष्ठ, सल्लाहकार बुद्धराज मोक्तान, सङ्गीत गुरु सन्दीप प्रधानलाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘बुद्धको शान्ति सन्देश’ शीर्षकको ज्ञानमाला भजनको भिडियो संग्रह समेत विमोचन गरिएको थियो । भिक्षु कौण्डनयबाट धर्म देशना, ज्ञानमाला भजन खलहरूबाट भजन प्रस्तुति, बुद्ध पूजा, भन्ते गुरुमाहरू, उपासक उपसिकाहरूलाई भोजन दान, भजन,दीपावली गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । संघले स्थापना भएदेखि हालसम्म १ सय ३० वटा ज्ञानमाला भजन निर्माण गरिसकेको छ । गीत संगीतमार्फत बुद्धको उपदेशलाई सबै सामू पु¥याउने मुख्य लक्ष्यले यो संघको स्थापना गरिएकोे ज्ञानमाला संघकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले जानकारी दिनुभएको थियोे ।

तपाईको प्रतिक्रिया