अस्पताल क्षेत्रभित्रमा भएको सवारी जाम नियन्त्रणमा ट्राफिक प्रहरी

धरान । अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ । अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु एपचारका लागि आउने गर्छन् । तर अस्पताल एरियामा नै सवारी साधनको चापले अस्तव्यस्त हुदा विरामीले सास्ती भोग्नुपर्ने हुन्छ । यस्तै अवस्था धरानस्थित बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको छ । अस्पताल एरियाको अस्तव्यस्तता हँटाउन प्रयास थालिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालभित्र पर्छ । अस्पतालमा सहज विरामीको उपचारसँगै अस्पतालसम्म जाने सडक समेत  असुरक्षित छ । सडकमा यत्रतत्र सवारी साधन पार्किङमा राखिएका छन् भने फास्टफुड लगायतका ठेलागाडीले सडक जाम गरेको छ ।


अस्पतालजस्तो संवेदनशील क्षेत्रमा जथाभावि राखिएका सवारी साधनले साघुरो सडक जाम गरेको छ भने सडक जामका कारण विरामीहरुलाई असहज भएको छ । यस्तो संवेदनशील क्षेत्रमा सम्बनिधत पक्षले ध्यान नदिएपछि स्थानीयले सम्बन्धित पक्षसँग गुनासो पोखे । सर्वसाधारणको गुनासोपछि सम्बन्धित निकायले अहिले सो क्षेत्रमा भएको सवारी जामबाट हुने समस्यालाई नियन्त्रण शुरु गरिएको घोपा यात्रायात प्रा.लि.का उपाध्यक्ष नेत्र वाग्लेले बताउनुभयोे ।  जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त प्रयासमा अस्पताल क्षेत्रमा टूाफिक जाम हुन नदिन क्याम्प क्षेत्रमा पर्ने भित्र र बाहिरका सडकहरुको जामलाई हँटाउने काम गरेको छ । सडकमा राखिएका जथाभावि पार्किङ, फास्टफुडका ठेला गाडी आदिका कारण टूाफिक जाम हुने र चिकित्सकहरुले विना हेलमेड अस्पताल क्षेत्रभित्र सवारी साधन चलाउने गरेको गुनासो आएपछि यसको नियन्त्रणका लागि दुई दिन अगाडिदेखि टूाफिक प्रहरी गम्भीर भएर लागेको जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी
निरीक्षक सुवास केसीले बताउनुभयो । यस क्षेत्रमा अन्य सवारी साधन भन्दा पनि सिटी सफारी र टेम्पोको बढी आवागमन हुने गर्छ । धरान उपमहानगरपालिकाले इ रिक्सा ऐन दर्ता गरेर दर्ता प्रक्रियामा लगिएको भएपनि धेरै इ रिक्साहरु दर्ता छैनन, जथाभावि सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको छ भने अस्पतालमा ट्राफिक जाम हुदा विरामी बोकेर आएका सवारी साधनलाई समस्या हुने गरेको छ । यस्ता समस्यालाई सबै मिलेर नियन्त्रण गर्ने प्रयास थालिएको धरान उपमहानगरपालिकका अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले बताउनुभयो । दर्ता नभएका इ रिक्सालाई दर्ता प्रक्रियामा ल्याउने, अस्पताल जस्तो संवेदन क्षेत्रमा हुने टूाफिक जाम न्यूनिकरणका लागि सचेतना फैल्याउने लगायतका कामहरु गरिदै आएको उहाँको भनाई छ । विरामीको उपचार गर्ने संवेदनशील क्षेत्रमा यसरी ट्राफिक जाम हुदा एम्बुलेन्स लगायत अन्य विरामी बोकेको सवारी साधन समयमै नपुग्दा विरामीको  उपचारमा समस्या हुने गरेको छ । यतिमात्र हैन उपचारमै संलग्न चिकित्सकले हेलमेड नलगाई सवारी साधन चलाउँदा यसले अझ ठूलो समस्या निम्त्याउने  गरेको छ । यसको नियन्त्रणका लागि शुरुमा सम्झाउने, सम्झाउदा नभए कारबाही समेत अगाडि एकपटक गल्ति गर्दा सम्झाउने र अटेर गरेर बारम्बार गल्ति दोहो¥याउने सवारी साधनहरुलाई कारबाही समेत गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया