धरान । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुनसरी प्रहरीले सुरक्षा सशर्तकता बढाउने भएको छ । नेपालीहरुका महान चाड दशै, तिहार तथा छैठ पर्वमा अपराधिक घट्ना बढ्ने सक्ने भन्दै सुनसरी
प्रहरीले सुरक्षा शतर्कता अपनाउने भएको हो । चाड पर्वमा हुनसक्ने आपराधिक घटनाहरुलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सीमा सुरक्षामा कडाई गर्ने, लागू औषधको विक्री वितरणको पहिचान गरी नियन्त्रणको प्रयास गर्ने, चोरी तथा डकैतीका घट्नालाई निरुन्तासहित पार्न सुरक्षा मजबुत बनाउने कुरालाई सुनसरी प्रहरीले तयारी थालेको हो ।

भर्खरै सरुवा भएर सुनसरी प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएका प्रही उपरीक्षक विपिन रेग्मीले चाडपर्वलाई लक्षित गरी सुरक्षाको अवस्था मजबुत बनाउने सुनसरी प्रहरीले तयारी थालेको बताउनु भएको छ । नागरिकसँग समन्वय गरेर प्रहरीले पहिचान गरेको आपराधिक गतिविधि हुने ठाउँमा प्रहरी गस्तीलाई बढाउने, पछिल्लो समय सामाजिक सद्भाव भड्किने खालका गतिविधि भइरहेकोले यसका लागि छुट्टै युनिट बनाएर परिचालित गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । डर, त्रासका कारण नागरिकमा घटेको घट्ना निर्धक्कसँग भन्न नसक्ने अवस्था अहिले पनि भएकोले प्रहरीलाई नागरिकमैत्री बनाउदै नागरिकको सुरक्षामा समेत प्रहरीले बढी जोड दिएर काम गर्ने भएको छ । विद्युतीय अपराधमा मेनपावर बढाएर सुनसरी प्रहरीले कामकारबाही अगाडि बढाउने उहाँको भनाई थियो । सुनसरी प्रहरीले मातहतका प्रहरी कार्यालयहरुलाई पनि चाडपर्वको समयमा सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ । सुनसरी जिल्ला नेपाल भारतको सीमा क्षेत्र भएकाले लागू औषध ओसारपसार, कालाबजारी लगायतका गतिविधि बढी हुने भएकोले यस्ता कार्यलाई रोक्न पनि प्रहरीले सक्रियता बढाउने भएको छ । सुनसरी प्रहरीको निर्देशन वमोजिम इलाका प्रहरी कार्यालय धरानले समेत चाडवाड लक्षित सुरक्षालाई ध्यान दिने भएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा सुरक्षा योजनाबारे बैठक समेत बसेको थियो । चाडपर्वलाई सुरक्षित, भयरहित र उत्साहप्रद बनाउदै प्रहरीले अहिलेदेखि नै गृहकार्य शुरु गरेको जनाइएको छ ।
