सितेरियो कराँतेमा आकर्षण बढ्दै

धरान । नेपालले सितोरियो करातेमा नेपालले गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हँुदै गएका छन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् ।
यस खेलको विकासकालागि नेपाल सितेरियो कराते सँघ गठन भएको छ भने सरकारी स्तरबाट समेत यो खेलको प्रवद्र्धनमा सहयोग पु¥याएको छ । विगत २०५२ सालदेखि धरानका प्रशिक्षक किरण लामाले सितोरियो कराते सम्बन्धी प्रशिक्षण दिँदै आउनु भएको छ । जिल्ला खेलकुद परिषद्का प्रशिक्षण समेत  रहनु भएका लामाले दिएको प्रशिक्षणबाट अब्बल खेलाडी उत्पादन भएकै कारण पनि यस खेलमा रुचि राख्नेहरु प्रशिक्षणका लागि आउने गरेका हुन् ।


धरान १६ स्टुडियममा हुँदै आएको प्रशिक्षणमा बढी मात्रामा धरानका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुले सिकेर ‘सेल्फ डिफेन्स’ सँगै राष्ट्रिय खेलमा योगदान पु¥याउने बताएका थिए । यहाँ विहान र बेलुका गरेर प्रशिक्षण दिने गरिएको छ । अहिले ३ सय जनाले प्रशिक्षण लिँदै आएको प्रशिक्षक लामा बताउनुहुन्छ । यहाँ आउनेहरु स्वास्थ्यसँगै राम्रो खेलाडी बन्ने उद्देश्यले प्रशिक्षणमामा आउने गरेको बताउनुभयो । यहाँ खेल्ने खेलाडीहरुको ग्रेड बढ्ने बताउँदै ग्रेड बढ्दै जाँदा ब्लाकबेल्ड सम्म पुग्न तीनचार बर्ष लाग्ने भए पनि प्रशिक्षार्थीको क्षमता अनुसार चाडै पनि ग्रेड बढ्न सक्ने बताउनुभयो । करातेको इतिहासलाई हेर्ने हो भने नेपालले राष्ट्रिय स्तरका प्रतियोगितामात्र हैनअन्तर्राष्ट्रिय स्तरका सार्क गेम, बंगलादेशमा भएको विजी कराते च्याम्पिसियन लगायतका प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक नजितेको रेकर्ड नै छैन । यसले गर्दा पनि खेलप्रति सानै उमेरदेखि आकर्षण बढेको हो । तर यो खेलको प्रवद्र्धनमा राज्यले जति सहयोग गर्नुपर्ने हो त्यो अनुसारको सहयोग भने नगरेको खेलसँग सम्बन्धित व्यक्तित्वहरुले बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया