धरान । शनिवार श्रावण शुक्ल पूर्णिमा । यो दिन सबै जातजातिले आ आफ्नो धर्म सँस्कृति अनुसार चाडपर्व मनाउने गरेको पाइएको छ । पवित्रता र सुरक्षाको दिनको रुपर्मा ब्राम्हण क्षेत्रीहरुले जनै लाउने, डोरा बाध्ने प्रचलन रहेको छ । यस्तै रक्षाबन्धकै दिन मधेशी समुदायले राखी बाध्ने प्रचलन रहेको छ भने नेवारी समुदायमा क्वाटी पूर्णेको रुपमा मनाउनुका साथै गाइगात्रा समेत यसै दिन निकाल्ने प्रचलन छ । धरानमा जातीय तथा धार्मिक सद्भाव खल्बलिएको नकारात्मक समाचार सबैतिर गए पनि यस्ता चाडपर्वमा सबै जातजातिको उल्लेख्य उपस्थितिले सद्भावलाई नखल्बलिएको दरिलो प्रमाणको रुपमा लिएको छ ।

विभिन्न समुदाय तथा जातिले श्रावण शुक्ल पूर्णिमा दिन आ आफ्नो परम्परा अनुसार चाडपर्व मनाउने प्रचलन रहेको छ । धरानमा बँम्हण क्षेत्रीले सुरक्षा पवित्रता र सुरक्षाको रुपमा जनै लाउने, डोरा बाध्ने चाड मनाइरहँदा नेवारहरुले सस्थागत रुपमा गाइजात्रा पर्व निकालेका छन् । २०५२ सालदेखि धरानमा स्थापित भएको सिद्धि नेवा ः परिषद्ले नियमित रुपमा गाइजात्रा संंस्थागत रुपमा निकाल्न शुरु गरेको हो । कोरोना संक्रमणका समयमा दुई बर्ष निकाल्न नसकेपनि कोरोना संक्रमणको अन्त्यसँगै नियमित रुपमा यो पर्व मनाउदै आएको हो । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले ३ सय बर्ष अगाडि सुरु गरेको ठानिन्छ । नेवार समुदामा मृत्यु पर्यान्त एक बर्षभित्रमा गाइजात्रा निकाल्ने परम्परा रहेको छ । देशभर संस्थागत रुपमा गाइजात्रा मनाइए पनि धरानमा भने सिद्धि नेवा ः परिषद्ले सबै नेवार समुदायलाई संगठित गर्दै पर्व मनाउन थालिएको नेवा ः द्य दबुका कोशी प्रदेश कमिटीका उपाध्यक्ष तीर्थ मास्के बताउनुहुन्छ । धरानमा निकालिएको गाइजात्रामा नेवार समुदायसँगै सबै जातजातिको सद्भाव रहेको प्रष्ट देखिएको थियो । धरानको धरान २ भानुचौकबाट धरान १ लक्ष्मी सडक हुदै, धरान २ को पुरानो बजारबाट निकालिएको गाइजात्रा ¥याली धरान ७ सिद्धि नेवा ः परिषद्को कार्यालयमा आएर समापन भएको थियो । नेवार समुदायले आफ्ना दिवंगत पितृहरुको तस्विरसहित नेवारी साँस्कृतिक बाजागाँजा र झाँकीसहित बजार परिक्रमा गरेको थियो । नेवार समुदायभित्र पनि विभिन्न संघ संस्था रहेका छन् । सबै समुदायले चाडपर्वलाई समयोजन गरेर मनाउने गरेको छ । झिंगु समाजले नयाँ बर्षको भिन्तुना, नेवाः द्य दबुले लाखे र यमरी पर्वको संयोजनको भूमिका खेल्दै आएको र गाइजात्राको भने प्रत्येक बर्ष सिद्धि नेवा ः परिषद्ले संयोजनको भूमिका निर्वाह गर्दै आएको सिद्धि नेवाः परिषदका कार्यसमिति सदस्य एवम् गाइजात्रा साँस्कृतिक पर्वका सह संयोजक हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । जुनसुकै कार्यक्रमलाई पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले सहयोग पु¥याउदै आएको छ । यो कार्यक्रममा कोशी प्रदेशका सांसद यसोदा कायस्थ, रमेश बस्नेत तथा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रमको समेत उपस्थिति रहेको थियो । स्थानीय सरकारले जुनसुकै जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने नीति लिएकोले हरेक जाति वा समुदायका चाडपर्वलाई साझा पर्वको रुपमा स्थानीय सरकारले लिने गरेको उपमेयर अइन्द्र विक्रम बेघाले बताउनुभयो ।
पछिल्लो समय धरानमा जातिय तथा धार्मिक सद्भाव भड्किने गतिविधि बढेको भन्दै धार्मिक कार्यक्रमलाई कफ्र्यु लगाएर रोक लगाएको प्रशासनले यस्ता पर्वमा भने प्रशासनले सहयोग गरेको थियो । आज भएको गाइजात्रा पर्वले धरानमा धार्मिक तथा जातीय सद्भाव झन दरिलो भएको सन्देश प्रवाह गरेको थियो ।
