धरान । नेवारी समुदायले आफ्नो सास्कृतिक पर्वसँगै पर्वका समयमा प्रयोग गरिने खानपिनको प्रवद्र्धन समेत गर्दै आएको छ । उनीहरुले क्वाःती पर्वको अवसरमा घर घरमा बनाएर खाइने क्वाःतीको प्रवद्र्धनका लागि क्वाःती फेस्टिवलकै आयोजना गरेको थियो । सबै समुदायको आ आफ्नै चाडपर्व र साँस्कृतिक खानपिन हुने गर्छ । तर नेवार समुदायले क्वात्ती ः पूर्णेको अवसर पारेर एक दिने फेस्टिबलकै आयोजना गरेका छन् । धरान १० सैनिक भवनमा भएको फेस्टिबलमा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको प्रमुख आतिथ्यमा नेवार समुदाय तथा प्रदेश तथा स्थानीय सरकारको सहभागितामा फेस्टिबल मनाइएको हो ।

फेस्टिबलमा सबै समुदायको उपस्थिति रहेको थियो । धरान १५ को आमा समूहले नृत्यसहित गीत प्रस्तुत गरेको थियो । उनीहरुले सबै जातजातिको साँस्कृतिक पर्वमा सबै रमाउनुपर्छ भन्ने भावको गीत प्रस्तुत गरेका थिए । सो अवसरमा पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले सबै जाति, सबै भाषा र संस्कृति सबै नेपालीको भएको बताउनुभयो । उहाँले नेपालमा बोलिने सबै हरेक भाषा जुन जाति र जुन समुदायले पनि बोल्न सक्ने बताउदै सबै भाषा राष्टिूय भाषा र सबै संस्कृति राष्टिूय संस्कृति भएको बताउनुभयो । कार्यक्रमलाई प्रवद्र्धन गर्न काठमाण्डौदेखि क्वाःत्ती पर्वमा सहभागी हुन आउनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सबै जातजातिले प्रयोग गर्ने खानालाई प्रर्वद्र्धन गरेर आयाआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जातजातिले प्रयोग गर्ने खानपिनलाई आर्थिक प्रयोजनका लागि प्रयोग गरेर विश्वमा पु¥याउने सम्भावना धेरै भएकोले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । यता स्थानीय सरकार धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले सदियौदेखिको मिलेर बसेको धरानमा जातीय तथा धार्मिक सद्भाव कायमै भएको बताउनुभएको थियो । नेवा द्य ः दवु कोशी प्रदेस समतिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न क्वाःत्ती फेस्टिबलमा केन्द्रीय प्रविधि क्याम्पस धरानका डाइडिसिएन विभागका प्राध्यापक कविन्द्र भट्टराईले क्वाःत्ती खानुका फाइदाका विषयमा बताउनु भएको थियो भने प्रा.डा. टंक न्यौपानले नेवारी समुदायको सास्कृतिक पर्वबाट नेपालले पर्यटन भित्र्याएर ठूलो फाइदा लिन सक्ने बताउनुभएको थियो ।
