धरान । यो बर्ष सुनसरी उद्योग वाणिज्य संघ धरानले स्वास्थ्य सम्बन्धी गतिविधिलाई प्राथमिकतामा राखेर काम गरेको छ । डेंगु सक्रमणका समयमा एक महिने निःशुल्क स्वास्थ्य शिविर होस् या बार्षिकोत्सवको अवसरमा होस् संघले यस बर्ष स्वास्थ्य शिविरलाई निरन्तता दिएको छ । धरानमा बढ्दै गएको डेंगु संक्रमणलाई मध्यनजर गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् केएचडिसी प्रोगाममा सक्रिय प्रा.डा. सञ्जिव शर्माको पहलमा निःशुल्क एक महिने स्वास्थ्य शिविरको आयोजना गरेको सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ६० औं बार्षिकोत्सवको अवसर पारेर बीपीका विशेषज्ञ चिकित्सकद्वारा पेटसम्बन्धी समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

बार्षिकोत्सवको अवसर पारेर संघले सर्वसाधारणको स्वास्थ्यलाइ ध्यानमा राखेर विज्ञ चिकित्सकद्वारा पेटसम्बन्धी समस्या भएका विरामीको निःशुल्क उपचार गरिएको हो । विशेष गरेर दीर्घ रोग मधुमेह, उच्च रक्तचाप लगायतका शिविरहरु धरानमा सबैतिर हुने गरेपनि पेटसम्बन्धी निःशुल्क शिविरको आयोजना कमै हुने भएकोले सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ६० औं बार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वासथ्य शिविरको आयोजना गरिएको जनाएको छ । संघले आफ्नो ६० औं बार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरी स्वास्थ्य शिविरको आयोजना गरेको सुनसरी उद्योग वाणिज्य संघका धरानका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । शिविरमा पेटसम्बन्धी हुने ग्यास्टिूक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिशाबाट रगत जाने रोगहरुको चेकजाँचसँगै निःशुल्क औषधि वितरण गरिएको थियो । चेकजाँचमा आएकाहरुमध्ये अधिकांंशमा ग्याष्टिूकको समस्या भएको पाइएको गैस्टाएंटरोली तथा हेपोटोलोजीमा एमडी गर्नुभएका बीपी प्रतिष्ठानका मेडिसिन विभागका असिस्टेन्ट प्रोफेसर डा. सन्दिपराज बज्राचार्यले बताउनुभयो । उहाँले जंगफुड, फास्ट फुड, केमिकलयुक्त खानपिनले पेटको समस्या हुने भएकोले यस्ता खानेकुराबाट सजक हुन सकेमात्र पेटसम्बन्धी समस्या नहुने बताउनुभयो । शिविरमा ७२ जना सर्वसाधारणले चेकजाच गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य विना मानिसले केही गर्न सक्दैन भन्ने उद्देश्यले अन्य कार्यक्रमलाई थाँति राखेर ६० औ बार्षिकोत्सव स्वास्थ्य सेवामा समर्पित हुदैै मनाइएको बताउनुभयो । शिविरमा युवादेखि बयस्क उमेर समूहका पेटसम्बन्धी समस्या भएका विरामीहरुको चेकचाँज सँगैे मधुमेह र उच्च रक्तचापको समेत चेकजाँच गरिएको थियो । लामो समयदेखि पेटसम्बन्धी रोगले ग्रस्त भएका तर उपचार गराउन नपाएकाहरुले लाभ लिएका थिए । शिविरमा आएकाहरुले शविरबाट धेरै लाभ लिन पाएको बताएका थिए ।
