सानो विवादमा ठूलो क्षति

धरान । सामान्य विवादका  कारण धरान १७ का अजितमान विकले ठूलो क्षति व्यहोर्नु परेको छ । सामान्य विवादमै उनलाई मट्टितेल छर्केर आगो लगाइएको थियो ।  धरान १७ मा भएको सो घट्नाबाट घाइते भएका उनलाई अहिले धरानस्थित बीपी कोइरालामा उपचार भइरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो ।


गत भदौ १३ गते बुधबार धरान १७ का ४१ वर्षीय अजितमान बिकलाई सोही स्थान बस्ने जङ्गे कुमाल भनिने जंगबहादुर राई र उनकी श्रीमती जयकुमारी राईले मट्टितेल छर्केर आगो लगाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरको छ । दुबैलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी मल्लले जानकारी दिनुभयो । धरान १७ कै एक पसलमा खानपिन गरिरहेको बेला जंगबहादुर र उनकी श्रीमती जयकुमारीले मट्टितेल खन्याएर आगो लगाएको पीडित बिकले बताउनुभयो । पीडित बिकको अनुहार, छाती, पेट, तथा हात जल्दा उनी गम्भीर घाइते भएका छन् । उनको हाल बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया