गल्ती स्वीकार्दै पुनर्वहाली

धरान । घण्टाघरमा कार्यरत मजदुरहरुलाई उमेर हदको कारण देखाउँदै तीन साता अगाडि आफ्नो एकल निर्णयले बर्खास्त गरेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गल्ति स्वीकार्दै उनीहरुलाई पुनर्वहाली  गरेका छन् । दुई दशक भन्दा बढी समयदेखि घण्टाघरको कर्मचारीका रुपमा काम गर्दै आएका राज लिम्बु र प्रकाश  राईलाई नगरप्रमुख राईले बर्खास्त गरेपछि उनीहरुको पुनर्वहालीको माग गर्दै संयुक्त ट्रेड युनियन, नागरिक समाजले विरोध गर्दै आएका थिए ।


संयुक्त ट्रेड युनियनले एक हप्ता अगाडि मजदुरद्वयको पुनर्वहालीको माग राख्दै नगर प्रमुख राईलाई ज्ञापनपत्र समेत बुझाएको थियो । मजदुरद्वयको पुनर्वहाली नगरिए  चरणवद्ध आन्दोलन गर्ने अल्टिमेटल उनीहरुले दिएका थिए । तर नगर प्रमुख राईले मजदुरहरुको मागलाई वेवास्ता गरेपछि आइतबार उनीहरुले घण्टाघरको मुलद्वारमा तालाबन्दी गर्दै आन्दोलन चर्काएपछि सोमबार  मजदुर, नगर प्रमुख, वडा न. २ का वडाध्यक्ष, प्रशासकीय अधिकृत, शाखा अधिकृत, संयुक्त ट्रेड युनियनका संयोजक, सदस्यहरुबीच भएको वार्तापश्चात नगरप्रमुखले आफ्नो गल्ति स्वीकार्दै एक बर्ष पुनर्वहाली गर्ने र त्यसपश्चात उचित उपदान दिएर विदा गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया