घण्टाघरबाट हेर्दा

माकुने र झल्लाराम
माकुने र झल्लाराम भट्टराई क्या भाग्यमानी रै’छन् । र्याले काजी र द्रव्य खन्चुवा राष्ट्रिय भाउजुको समर्थनमा सिखण्डीले सिंहदरबार हाँकुन्ज्याल माकुने र झल्लारामका सबै खत माफ हुने भएसी’ ती दुई भाग्यमानी भएनन् त ? त्यत्रा निवास हिजोका पञ्चहरुले त  सरक्षण गरेर राख्या थे । आफूलाई गलगाँडतन्त्रका नायक बताउने ती दुईले लुइँ लुइँ प्लटिङ गरेर बेचिदिएछन् । यिन्ले पनि करोडौ भाग शान्ति हसुरे तर फन्दामा चाहिँ आदेश मान्नैपर्ने लखुरे कर्मचारीमात्र परे । सर्वोच्च अदालतले दुवै पातकी जदलाई अँठ्याएर मुड्के सास्ती लगाउनु भनेर आदेश दियो । अदालतको आदेशलाई सिखण्डिको नेतृत्वमा बसेको गलगाँड तन्त्रका ठेकेदारहरुले व्याख्यात्मक टिप्पणी गरेछन् । सर्वोच्चको आदेशलाई वाल्वाटारे सिखण्डीको भेलाले धोती लगाइदिन्छ भन्ने वार्ता खलास भइगयो नि । वित्थामा किन चाहियो अब अदालत । वाल्वाटारे सिखण्डीडीको भेलाले धमाधम निर्णय गरेर आदेश दिए भैगयो । –धराने गुइँठे
घोटालाको फाइल सामसुम
हैन हौ त्यो पोखराका पशुपति शर्माले लुट्न सके लुट कान्छा भनेर त्यसै गीत गा’का हैन रै’छन् । भुटानी प्रकरणमा सिखण्डी नेतृत्वको सरकारले के के न लछारुम्ला झै गरेर कम्ता डंका पिटेन । जब राष्ट्रिय भाउजु र बुटवले कान्छीको नाम हिट भएर शरणार्थी प्रकरणमा बाहिर आयो त्यसपछि त्यसलाई कल्याप्स गर्न सुन  प्रकरणलाई जोडतोडका साथ प्रचार गरियो । सुन प्रकरणमा रोशनी शाहीका लभर र तिनका छोराको नाम मुछिएपछि त्यसलाई सामसुम बनाउन अर्को काण्डको खोजी शुरु भा’छ । अब कुन काण्डले फेरि एक पटक देशव्यापी चर्चा पाउने हो ? एउटा काण्ड सामसुम बनाउन अर्को काण्डको फण्डा तयार पार्नै प¥यो । –धराने गुइँठे ।


के मुख देखाउलान बाजेले
टिकापुर घट्नाका महानायक चौधरी रेसमलाई सर्वोच्च अदालतले योजनाकार भन्दै दोषी ठहर गरेसी’ यतिबेला गणेश राष्ट्रपति पौड्याल बाजेको नौनारी गल्यामात्र छैन मुख देखांएरै हिँड्न नसक्ने अवस्थामा पुग्या छन् । बत्तीस सिटे सिखण्डीले आफ्नो सत्ता टिकाउन र्याले काजीको समर्थनमा बाख्राको खोरमा थुनिएका चोधरी रेशमलाई आम माफी दिने निर्णयेमा बाजेले आँखा चिम्म गरेर सहीछाप घस्काइ देका थिए । शितल निवासमा डकार्न र अपानवायु छोड्न मात्र बाजे छिरेका त हैनन् होला ? यसो कुराको चुरो बुझ्नुपर्छ । त्यत्रा मान्छेलाई एक चिहान बनाउने चौधरी रेशममलाई छोड्दा दुनियाँले के भन्ला भन्ने अलिकति बाजेलाई हेक्का भएन ? अब बाजे कुन मुख देखाएर शितल निवासमा बस्दा हुन् ? हुन त सर्वाङ्ग नांगिएसी’ लाज आफै लजाएर भाग्छ । –धराने हाक्थु ।
जादव त्राहीमाम
बाल्वाटारे सिखण्डीले अस्तिका दिन एउटा गतिलो पासा फालेका छन् । पासा फाल्ने मामलामा ती बडो निपुर्ण छन् । जनता समाजवादी पार्टीका अध्येक्षे उपिन्दर जादव त्यसै पनि घाटमा पोल्दापोल्दै गरेर उम्किएको जस्तो अनुहार त्यसमाथि वाल्वाटारे सिखण्डीले पासा फालेसी’ विचराको हरेउ अनुहार अझै बिग्रिएछ । आफूहरुलाई गतिला मन्त्रालय चाहिन्छ भनेर घुर्की लगाउँदै थिए । नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिइन्छ भनेर कुर्लदै थिए । एक्कासी वाल्वाटारे सिखण्डीले गौर हत्या काण्ड छानबिन गरेर दोषीलाई कारबाही गर्न भनेर पासा फाल्दिए । त्यसपछि त जादवको थुतुनोमात्र होइन अपानवायु छाड्ने द्वार समेत बन्द भएछ । अब जादवले घुर्की देखाउने, समर्थन फिर्ता लिने भनेर चाइचुई गर्लान् जस्तो  छैन । त्यसै सिखण्डी ? –धरानको सबै भन्दा ठूलो मान्छे ।
टीकेद्वयको उन्माद
बाँदरलाई नविरबल दिएर के गर्नु ? चिथोर्न नसकेसी’ अरुलाई घुएँत्रो हानेर टाउँमा टुटुल्को मात्र उठाइदिन्छ । यतिबेला सरकारमा बसेका दुई टीके मन्त्रीले उत्पादै मच्चाएका छन् । टीके मन्त्रीमा घरेलु मन्तरी लारायण काजी र अर्का टिके मन्त्री अरथ मन्तरी लाजशरण महतले आफ्ना विरोधी छानीछानी मान मर्दन गर्न थाल्या छन् । यी दुई न कहिल्यै चुनाउ जित्छन् न कहिलयै सत्ताबाट पर बस्छन् । खप्पराँ चाहिँ लिएर आएकै रै’छन् । एयरपोर्ट भन्सार देखि सर्वत्र यिनीहरुकै सेटिङ चल्छ । ती दुई सेटिङ मास्टरको सांसद डा. सुनिल शर्माले धुँवाधार विरोध गर्दा सत्ताको उन्माद देखाएर बिना सूचना, बिना पूर्जी, खोरमा हुल्दिए । मुलुकभरि टीकेद्वयको घोर निन्दा भयो । आखिरी टीके न परे । तिनलाई जनतासँग बाल मतलब । –धराने कोलीफर्म वाटर ।
का“ग्रेस अब ओथांग्रेस बन्दै नेप्लिज काँग्रेस अब काँग्रेस रहेन । अब काँग्रेस ओथांग्रेस भएछ । माने ओथारो बसेको । ओथारो बसेको काँग्रेसको अण्डा ८४ सम्ममा वाल्वाटारे सकुनीको चट्याङ माकुने, उपिन्दर जादव, विचित्रबहादुर केसी, सर्वोच्चले डामेका चौधरी रेशम, लोसपाका गन्दे  अनुहारको चट्याङबाट सबै अण्डा बिग्रिने निश्चित छ । त्यसैमाथि र्याली काजी र कजिनीको चाकडी  गरेर पदमा आसिन हुनेहरुको अनुहारले सबैलाई नेप्लिज लाँग्रेसको भविष्य नै गोल भएको छ । संगठन फिटिक्कै नगर्ने, बाह«ै महिना र्याली काजी र कजिनीको परिक्रमा गर्ने, वडामा चुनाव जित्ने ल्याकत नभाका, निर्वाचनमा मोटो रकम लिएर झालेमालेका उमेद्वारलाई सघाएका, महान काँग्रेसलाई प्रदेश नं. १ को महान्यायाधिवक्ताको टीका लगाइए दिएछन् । जे होस् र्याली काजी र कजिनीको ेसही मूल्यांकन गरेछन् । –गणेशको कैलाश परिक्रमा ।
चिप्ल्याएछन् ज्ञवालीलाई
नक्कली भुटानी शरणार्थी  प्रकरणमा अनुसन्धान गरिरहेका एआइजी श्याम ज्ञवालीलाई रातारात सरुवा गरिएछ । आफू र आफन्त नै अनुसन्धानको दायरामा आउने पक्का भएसी’सिखण्डीहरुको अपवित्र गठबधनले ज्ञवालीलाई चिप्ल्याएका हुन् रे । शरणार्थी प्रकरणमा बुढानिलकण्ठकी मुखिनी, भुत्ला कृष्ण खाँडकी जोइदेखि वाल्वाटारे मुखियाका आफन्त समेत तानिने देखिएसी’ज्ञवालीलाई हतार हतार सरुवा गर्नैप¥यो । त्यत्रो ठूलो ओहदामा बस्नेहरु फस्ने भएसी’ कम्ता व्यइजत हुन्थ्यो् । बरु बेलैमा अनुसन्धान गर्नेलाइ नै थान्को लगाइदियो भने त लन्ठैसाफ । न रहे बाँस न बजे बाँसुरी । –गोरुको मासु खाने ।
अन्तेमा
धरानका नगर प्रमुख हर्क साम्पाङ्गले अस्तिका दिन दलका नेताहरुलाई किलकिलेमा आउन्ज्याल जवाफ दिएछन् । डेंगुले मान्छे मरे, नगर प्रमुखले केही गरेन भनेर फाइफाई ग¥याग¥यै गरेर उनले त्यसी जवाफ द्या रै’छन् । डेंगुको लार्भा खोज्न प्रहरी, सेना नै दलेहरुले बोलाएसी’ उनको कन्पारो नतात्ने कुरै भएन । सीमामा बस्नुपर्नै, शान्ति सुरक्षे गर्नुपर्नेले बन्दुक बोकेर आँखाले नभ्याउने डेंगोको लार्भा खोज्दै हिड्ने कुरा पनि भएन । नगर प्रमुखले बाल नदिएसी’ ६ दलीय अपवित्र गठबन्धनेहरु कोशी प्रदेशका मुखमन्तरी गुहार्न पुगेछन् । हेरम मुखमन्तरीले के लछारपाटो लाइदिन्छन् ?

तपाईको प्रतिक्रिया