धरान/इटहरीस्थित खाने तेलका एक डिलरले हिजो मंगलबार भने भुकम्पले धेरै मान्छेको ज्यान लियो । अब यो खाने तेलले कतिलाई विस्तारै रोगी बनाएर मार्छ । यतिबेला जसले जस्तोसुकै उत्पादन गरेर बजारमा पठाए पनि कुनै रोकटोक छैन । बजारमा पाइने दर्जन भन्दा बढी ब्राण्डका कुनै पनि तेल खान लायक छैनन् ।
उनले भने केही दिनमै गन्हाउने, लेदो जमेर कालो हुने गर्छ । यस्ता तेलहरु गुणस्तरहीन भनेर विगतमा विक्री
वितरणमा रोक लगाइएको थियो । अहिले त्यही तेल उद्योगहरुले विक्रीका लागि बजारमा पठाएका छन् । अर्काको उत्पादन बेच्ने व्यवसायीले यसरी चिन्ता दर्शाउादा सरकारी निकाय भने मौन छ । पटक पटक उनले आफ्नो नाम नछाप्ने शर्तमा भने महाविनाशकारी भुकम्पलाई यहााका
राजनैतिक कर्मी, सरकारी निकाय, उद्योगीहरुले आय आर्जनको माध्यम बनाएका छन् ।
हुन पनि हो महाविनासकारी भुकम्प लगत्तै सरकारमा बसेका, राजनैतिक दल, उद्योगीहरुले भुकम्पलाई अवसरको रुपमा लिनुपर्छ भनेका थिए । वास्तविकता अहिले यस्तै भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसभन्दा अगाडि नै मोरङ्गको विराटनगर–हात्तीमुढास्थित स्वस्तीक आयल इण्डष्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्राण्डको तोरीको तेल, बाराको पिपरा
सिमारास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, काठमाण्डौस्थित ओमकार आयल इण्डष्ट्रिले उत्पादन गरको तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीक तेल, आरती भेजिटेवल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल, श्री कृष्ण सिरफाइनरी उद्योगले उत्पादन गरेको
तोरीको तेल, सुशिल बनस्पति उद्योगले उत्पादन गरेको सूर्यमुखी तेल, गोविन्द आयल इण्डष्ट्रिजले उत्पादन गरेको अंकर ब्राण्डको तोरीको तेलहरु खान योग्य नभएको विभागले प्रमाणित गरिसकेको छ । भुकम्प भन्दा अगाडि यी ब्राण्डका तेलहरु बजारमा आउन छोडेपनि हाल यही तेलले नै बजार पिटेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यी उद्योगहरुबाट उत्पादित ब्राण्डका विरुद्धमा मुद्धा समेत दायर गरेको छ । अदालतले यस सम्बन्धमा कुनै फैसला गरिसकेको छैन । पछिल्लो पटक विराटनगरस्थित बागमती आयल इण्डष्ट्रिजबाट उत्पादित सोला ब्राण्डको सूर्यमुखी तेल समेत परीक्षणबाट अखाद्य भएको प्रमाणित गरिसकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका एक सहायक कर्मचारीका अनुसार अहिलेको अवस्थाको फाइदा उठाएर व्यापारीहरुले निर्वाध विक्री वितरण गरिरहेका छन् । उनका अनुसार तोरी, भटमास, सूर्यमुखी तेलमा गम्भीर अखाद्य वस्तु फेला परेका छन् । मापदण्ड अनुसार यी तेल उत्पादन भएका छैनन् । कडाइका साथ कारबाही र अनुगमन नहुादा पनि यस्तो अवस्थाको सिर्जना भएको उनको ठम्याई छ । यसै सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरका प्रमुख प्रमोद कोइरालासाग सम्पर्क राख्न खोज्दा उहाासाग सम्पर्क हुन सकेन, तर विभागको स्रोतले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा मात्र तेल सम्म्बन्धी मोरङ्गमा २४ वटा, सुनसरीमा २३ वटा मुद्धा दायर गरिएको थियो । प्रशोधित सूर्यमुखी तेल, प्रशोधित सोयाविन तेल, प्रशोधित पामोलियन तेल र तोरीको तेलसम्बन्धी मुद्दा दायर भएका
थिए । दुषित तथा अखाद्य तेलका कारण झाडापखाला, टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो तथा मृगौलासम्बन्धी समस्या देखिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा सिएस अग्रवालले
जानकारी दिनुभयो ।
