लिम्बुवानको बन्दले बोलबम प्रभावित

धरान । लिम्बुवानी जनताको स्वतन्त्रता र सावैभोकिता गुमेको भन्दै लिम्बुवानजन्य पार्टीहरुले गरेको बन्दका कारण धरानमा समेत प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु बाटामा अलपत्र परेका छन् भने साउनको सोमबार लाग्ने बोलबम समेत प्रभावित भएको छ ।  राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आगामी साउन २२ गते लाई कालो दिनको सज्ञ दिँदै बन्दको घोषणा गरे । बन्दका कारण साउन महिनाको सोमबार लाग्ने बोलबम मेला प्रभावित भएको छ भने गन्तव्यका हिडेका यात्रुहरु समेत अलपत्र परेका थिए । बन्दले बोलबममा जल चढाएर घर फर्किने तयारीमा रहेका भक्तजनहरु र गन्तव्यमा हिडेका यात्रुहरु सवारी साधनको पखाईमा रहेका थिए । आइतबार नै सुनसरीको चतरा पुगेर सप्तकोशीको जल ल्याएर धरान १४ विजयपुरमा चढाएपछि घर फर्किनका लागि भानुचौकमा सवारी साधनको प्रतिक्षामा बसेका करिब पाँच जनाको टोलीले बन्दले सास्ती भोग्नु परेको बताएका थिए । झापाको काँकडभिट्टाबाट आइतबार नै यात्रुवाहक बसमा चतरा पुगेर चतराबाट हिडेरै पिण्डेश्वर मन्दिरमा जल चढाएर भानुचौकमा सवारी साधनको प्रतिक्षामा बसेका उनीहरुले बन्दले समस्या भएको बताएका थिए । बन्द हुने जानकारी भएको भए यो साता नआई अर्को साता आउने बताएका थिए । बन्दले आफूहरुले सास्ती भोग्नुपरेको उनीहरुको भनाई थियो । साउनको सोमबार चहलपहल रहने पिण्डेश्वर मन्दिरमा समेत विगतको जस्तो चहल पहल थिएन । सप्तकोशीबाट चल ल्याएर चढाउने र साउनको ब्रत लिएर पूजाआजा गर्नेहरुको संख्या न्यून रहेको पाइएको थियो ।


ऐतिहासिक सन्धी सम्झौता कार्यान्वयनसहित राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी,लोसपाको लिम्बुवान राष्ट्रिय समिति, किरात खम्बुवान राज्य परिषद्, किरात लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चा घटकले गरेको बन्दका कारण बोलबम भक्तजनसँगै यात्रुहरु मारमा परेका हुन् । संखुवासभाको धर्मदेवी नगरपालिकाका डिल्ली कार्कीले बन्दले गन्तव्यसम्म पुग्न नपाउँदा धेरै सास्ती भोग्नु परेको बताउनुभयो । ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित प्रदेश पुननाकंन गर्न दवाब स्वरुप बन्दको आवहान गरेका हुन् । वर्तमान अवस्थामा देशमा रहेको ब्याप्त भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, महँगी लगायतका बेथितिको सरकारलाई ध्यानाकर्षण गराउँदै खबरदारी गर्न एक दिने लिम्बुवान बन्द आह्वान गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वाले बताउनुभयो । उहाँले वि.सं. १८१४ श्रावण १८ गते लिम्बुवान र गोर्खाबीच भएको ताम्रपत्र सन्धीलाई लत्याउदै १८३१ श्रावण २२ गते धोकापूर्ण लालमोहर सन्धीमार्फत लिम्बुान राज्यलाई वृहत नेपालमा गाभेको विरोधमा प्रत्येक बर्ष साउन २२ गते कालोदिनको रुपमा बन्द गर्दे आएको अध्यक्ष पालुङवाले बताउनुभयो । उहाँले यो आन्दोलनले बोलबममा असर पुगे पनि उहाँहरुले समेत आफूहरुको आन्दोलनलाई समर्थन गरेको बताउनुभयो । नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठान गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले ०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोकाको रुपमा कालो दिनको रुपमा लिँदै बन्दको कोशी प्रदेश बन्द .गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया