दमक । झापाको दमक नगरपालिकाका प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको परस्त्रीगमनको भिडियो सार्वजनिक भएको छ ।

दमक नगरपालिकाले प्रशासकीय अधिकृत निरौलालाई उपलब्ध गराएको क्वाटरमा परस्त्रीसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा पाएको छ । डमरु प्रसाद निरौलाले यस अघि इलाका प्रशासन कार्यालय धरानको प्रमुख प्रकाशकीय अधिकृतको जिम्मेवारी सम्हाली सकेका, ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी रहीसकेका व्यक्ति हुन् । रक्सी,पैसा र स्त्रीका लम्पट भनेर यस अघि नै चिनिएका निरौलालको अस्लिल अर्कतको भिडियो बाहिरिएपछि यतिबेला उनीप्रतिको घृणा चुलिएको छ । अस्लिल भिडियो सार्वजनिक भएको कोठाको स्वरुप परिवर्तन गरी आफूलाई चोक्याउने उनको पछिल्लो प्रयास समेत असफल भएको छ । उनलाई यतिबेला कार्यालय प्रवेशमा रोक लगाइएको छ भने कारबाही प्रक्रिया समेत अगाडि बढाइएको दमक नगरपालिकाले जनाएको छ । निरौलाका श्रीमति र छोराछोरी काठमाण्डौमा बस्दै आएका छन् ।
