दुहवीले भत्कायो एक सय घर

दुहवी । बर्षौदेखि सार्वजनिक जग्गा अधिग्रहण गरी पक्की  संरचना निर्माण गरी व्यापार व्यवसाय र बसोबास गर्दे आएका दुहवी बजारक्षेत्रका एक सय  घरहरु दुहवी नगवरपालिकाले भत्काइदिएको छ ।
नगरपालिकाले पटक पटक सार्वजनिक जग्गा खाली गर्नका लागि आग्रह गरेपनि संरचना बनाएर बसेकाहरुले अटेर गर्दै आएका थिए ।

पछिल्लो पटक नगरपालिकाले ३५ दिने सूचना समेत प्रकाशित गरेको दुहवी नगरपालिकका प्रवक्ता विजयकुमार चौधरीले बताउनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार दुहवीको बीच भागमा, नगरपालिका अगाडिको सडक पश्चिम १० कठ्ठा १७ धुर जग्गा नगरपालिकाको स्वामित्वमा रहेकोले खाली गर्न वैसाखमै सूचना प्रकाशित गरिएको् थियो । कतिपय घरधनीले आफै संरचना भत्काएका थिए भने अटेर गर्नेहरुको नगरपालिकाले प्रहरी प्रशासनको सहयोगमा भत्काएको  थियो । दुहवी नगरपालिकाको इलाका प्रहरी कार्यालयतर्फ जाने सडकको दुवै तर्फका गरी हालसम्म १ सय घर भत्काएको प्रवक्ता चौधरीले  बताउनुभयो । उहाँका अनुसार खाली गरिएको स्थानमा बजारको सुन्दरता कायम गर्न पार्क, केही सार्वजनिक  संरचना बनाइने छ । यसै सम्बन्धमा थप बुझ्नका लागि दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्दारसँग सम्पर्क
राख्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया