याक्थुङ चलचित्र संघमा मेन्याङ्बो

धरान । विगत लामो समयदेखि रंगमञ्च र चलचित्र क्षेत्रमा समर्पित धरानका नविन मेन्याङ्बो याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आषाढ २ र ३ गते धरानमा सम्पन्न अधिवेशनबाट मेन्याङ्वो केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु भएको हो । मेन्याङ्बोले २०५२ सालबाट रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो । वि.सं. २०५२ सालमा थेयटर सहाराको संस्थापक अध्यक्ष भएर रंगमञ्चमा प्रवेश गरेसँगै चलचित्र लेखान्त, क्याविन गर्ल, क्रस फायर, आँखिम, टिनेजर्स, टेलिसिरियल कर्मलगायत एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।


सम्पन्न अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष दिलु सुब्बा, उपाध्यक्ष शैलेन्द्र नाल्बो, उपाध्यक्ष सागर अञ्चम्बो, उपाध्यक्ष मिना सिंघक रहनु भएको छ भने सचिवमा उदय कुरुङ्वाङ, सह सचिवमा प्रकाश लिम्बु, कोषाध्यक्षमा तेज मेन्याङ्वो, सह–कोषाध्यक्षमा हरिहाङ्ग तिगेला सहित २७ जनाको कार्यसमिति रहेको छ । वर्तमान संघ संस्था ऐन अनुसार याक्थुङ चलचित्रकर्मी संघको कार्यकाल आगामी दुई बर्ष रहने छ ।

तपाईको प्रतिक्रिया