मेयरका विरुद्धमा पत्रकारको शान्तिपूर्ण रयाली

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै साता व्यापी आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा सोमबार शान्तिपूर्ण विरोध ¥याली निकालेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाई महासंघसँग आवद्ध पत्रकार, पूर्व अध्यक्षहरुसम्मिलित ¥याल धरान २ भानुचौकबाट नयाँ बजार हुदै धरान उपमहानगरपालिकाको गेट अगाडि पुगेर सम्पन्न भएको थियो ।


प्रेस स्वतन्त्रताको खिलापमा मेयर साम्पाङले उहाँको फेसकबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत पत्रकारमाथि अनर्गन शब्द प्रयोग गरी प्रहार गरेकोले स्थानीय सरकारबाटै सञ्चारकर्मी असुरक्षित भएपछि चरणवद्ध आन्दोलनमा उत्रिएको महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताउनुभयो । उहाँले यस भन्दा हामीले मिडियामा प्रेस विज्ञप्ती निकाल्ने, जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालाई ध्यानाकर्षण गराउने, मिडिया र सञ्चारकर्मीको फेसबुक वालमा प्रेस स्वतन्ता सम्बन्धी लेखन पोष्ट गर्ने काम सकेर भोलि धरानका पूर्व मेयरसँग अन्तरक्रिया गर्ने बताउनुभयो ।
अग्रज पत्रकार हर्ष सुब्बाले धरान उपमहानगरपालिकामा धेरै मेयरहरु निर्वाचित भएर आए पनि अहिलेको अवस्था विगतमा कहिल्यै नभएको बताउनुभयो । सो अवसरमा लोकतन्त्रमा प्रेस स्वतन्ता हुनुपर्छ भन्दै राजनीतिक दलहरुले समेत ऐक्यवद्धता जनाएका थिए । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले लोकतन्त्र वहालीमा प्रेसको ठूलो भूमिका रहेको बताउदै प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले पछिल्लो समय मेयर साम्पाङले सञ्चारकर्मीमाथि प्रेस स्वतन्त्रतामाथि नै आँच आउने गरेको प्रयोग गरिएका शब्द अपाच्य भएको भन्दै सञ्चारकर्मीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनु भएको थियो । यस्तै पूर्व मेयर तिलक राईले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउदै प्रेसमाथि हुने दमन रोकिनुपर्ने बताउनभयो । उहाँले आफूहरु जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा रहेको र प्रेस स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता रहेकोले सञ्चारकर्मीको आन्दोलनप्रति ऐक्यवद्धता रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीको भूमिकाले लोकतन्त्र आएको र त्यही जगमा रहेर आफू विगतमा मेयर भएको बताउनुभयो । केही दिन देखि नेपाल पत्रकार महासंघ सुनसरी मेयर साम्पाङले आफ्नो फेशबुक फेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत व्यक्तिगत रुपमै आक्षेप लगाउदै अनर्गल शब्द प्रयोग गरेकोप्रति सुनसरीका पत्रकार आन्दोलित छन् । लोकतन्त्रमा प्रेस हनन हुने खालका कुनै पनि गतिविधि नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया