जनकपुर धाममा साँस्कृतिक महोत्सव सम्पन्न

जनकपुर । भारतीय राजदुतावास काठमाण्डौस्थित स्वामी विवेकानन्द कल्चर सेन्टर (SVCC र भारतीय महावाणिज्य दुतावास वीरगञ्जको संयुक्त सहकार्यमा वैसाख १५ गते शुक्रबार जनकपुरधाममा साँस्कृतिक महोत्सवको आयोजना भएको छ । साँस्कृतिक कार्यक्रममा मैथिली फुड फेस्टिबल, मैथिलीको लोक सँस्कृति प्रस्तुत गरिएको थियो । भारतीय राजदुतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीका अनुसार मैथिली फुड फेस्टिबलमा ८४ वटा विभिन्न परम्परागत मैथिली खानाका परिकारका स्टलहरु राखिएका थिए । मैथिली खानाका परम्परागत स्टलहरुले समृद्ध मैथिलील सभ्यता झल्काएको
थियो । फुड फेस्टिबलको सबैभन्दा आकर्षक पक्ष के थियो भने अन्तर्राष्ट्रिय ज्वालामुखी बर्षको उपलक्ष्यमा कोदोबाट तयार पारिएको परिकार रहेको थियो ।


विज्ञप्तीका अनुसार शुक्रबार साँझ भएको लोक साँस्कृतिक कार्यक्रमले मैथिली सभ्यताको झल्को दिएको थियो । साँस्कृतिक कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक र कलाकारहरुद्वारा राम–सीताको जीवनमा आधारित विभिन्न भजन, राग, भरत नाट्यम नृत्य नाटक प्रस्तुत गरिएको थियो । मिथिला नाट्य कला परिषद् (मिनाप) का कलाकाहरुले मैथिली लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । मधेश प्रदशेका प्रमुख हरिशंकर मिश्रले फुड फेस्टिबल र साँस्कृतिक कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा सीता नवमी र भारत स्वतन्त्रताको ७५बर्ष गाँठ अन्तर्गत आजादीका अमृत महोत्सवको रुपमा आयोजना गरिएको प्रदेशप्रमुख मिश्रले बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका साँसद, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । जनकपुर धाममा आयोजना गरिएको साँस्कृतिक महोत्सवले दुई देशको कला, सास्कृति र चाडपर्वका साझा सँस्कृति झल्कने गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया