पहिचानको मुद्धा पेचिलो बन्दै

धरान । पहिचानवादीहरुले पछिल्लो समय पहिचानको मुद्धालाई पेचिलो बनाउदै गएका छन् । उनीहरुले जुनसुकै कार्यक्रममा पनि कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै पहिचानको आधारमा प्रदेश नं. १ को नामकरणको माग गर्दै आएका हुन् । संस्कार, सँस्कृति र पहिचानको आन्दोलनलाई शशक्त अगाडि बढाउँदै आएको किरात राई यायोख्खाले धरान १३ को निर्माण सम्पन्न भवनको समुद्घाटन गर्ने क्रममा पहिचानको मुद्धालाई पेचिलो ढंगले उठान गरेका हुन ।


उनीहरुले कोशी नामाकरणलाई सच्याएर पहिचानको नाममा प्रदेश नं. १ को नामाकरण हुनुपर्ने बताएका छन् । किरात राई यायोख्खा सुनसरीका सचिव नविन राईले कोशी प्रदेशको नामाकरणको खारेजीको माग गर्दै पहिचानको आधारमा नामकरणको माग गर्नुभयो । अविलम्बन यो काम नगरे यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी समेत दिनुभयो । किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष द्रोपध्वज राईले पहिचानको आधारलाई टेकेर माग गरेको प्रदेशको नाममा सरकारले लत्याएको आरोप लगाउनुभयो । उहाँले भुगोल, इतिहास र पहिचानको आधारमा एक नं. प्रदेश किरात प्रदेश हुनुपर्छ भनेर आधार पेश गर्दा पनि पहिचानवादीलाई पाखा लगाएर कोशी प्रदेश राखिएको प्रति आपत्ति जनाउँदै आफ्नो पहिचान स्थापित गर्न निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । १७ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण सम्पन्न दोस्रो तलाको उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रपसाद काफ्लेले गर्नुभएको थियो ।  सो अवसरमा बोल्दै वडाध्यक्ष काफ्लेले यो अभवनलाई वहुउद्देश्यको भवनको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले यो भवन एउटा जातजातिको मात्र नभई सम्पूर्ण १३ नं बासीको भवन भएको र यसको संरक्षण किरात राई यायोख्का १३ नंं वडा समितिले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्ना पहिचानलाई स्थापित गर्ने उद्देश्यले बनाइएको भवनलाई आगामी आर्थिक बर्ष २०८०÷०८१ माथिल्लो ट्रस निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटाएका थिए । सो अवसरमा १४ लाख ८ सय ४६ रुपैया स्वफूर्त रुपमा जुटेको किरात राइ यायोख्खा धरान १३ का सचिव वसन्त वान्तवाले जानकारी दिनुभयो । १० धुर जग्गाामा बनेको सो भवनको पहिलो तला २०७९ जेष्ठ २९ २२ लाख रुपैयामा सम्पन्न भएको थियो । त्यसबेला वडा कार्यालय धरान १३ ले ८ लाख रुपैया सहयोग गरेको थियो । भवन निर्माण सम्पन्न भएपछि किरात राईहरुको कला सँस्कृति, धर्म तथा पहिचानका कुरा संरक्षणमा ठूलो सहयोग पुग्ने भन्दै उनीहरुले खुशी व्यक्त  गरेका थिए ।

तपाईको प्रतिक्रिया