परशुराम भगवानको जन्मजयन्ति मनाइयो

धरान । हिन्दु धर्ममा भगवान पर्शुरामको महत्व धेरै भएपनि पर्शुराम भगवानको जन्म जयन्ति मनाउने प्रचलन भने कम छ । वैसाख शुक्ल पक्ष तृतीय तिथिको सन्ध्यामा राजा प्रसेनजितकी छोरी
रेणुका र भृगुवंशीय व्राम्हण ऋषि जगतगिन्म पाँचौ सुपुत्रको रुपमा भगवान पर्शुरामको जन्म भएको मानिन्छ । उहाँकै जन्मदिन पारेर प्रत्येक बर्ष वैसाख शुक्ल तृतीय तिथीको दिन भगवान पशुरामको जन्म जयन्ति मनाउने गरिएको छ । धरानमा समेत दुई बर्ष अगाडिदेखि भगवान पर्शुरामको जन्म जयन्ति धुमधामसँग मनाउन थालिएको हो । भगवान परशुराम समाज सुनसरी धरान गठन भएपछि जयन्ति मनाउन थालिएको हो । सँस्था गठन भएपछि दुई बर्षदेखि वैसाख शुक्लपक्ष तृतीया तिथिको दिन  परशुराम भगवानको जन्म जयन्ति मनाउन थालिएको समाजका सचिव रामस्वरुप शर्माले बताउनुभयो ।
पर्शुरामले समाजमा भएका विकृति विसंगति तथा सामान्तवादलाई हटाउने काम गरेकाकाले पनि उहाँको योगदानलाई स्मरण गर्दै जन्म जयन्ति मनाउन थालिएको शर्माले बताउनुभयो ।


विहान व्यानरसहित शोभायात्रा गरी बजार परिक्रममा गरेर शुरु गरिएको परशुराम दिवस धरान १ सुनसरी उद्योग वाणिज्य संघमा कार्यक्रम  गरिएको थियो । कार्यक्रममा समाजमा योगदान पु¥याउने व्यक्तिहरु समाजसेवी रोहितमान सिह बस्नेत, पेट्रोलियम व्यापारी रमेश अटल, सुनसरी उधोग बाणिज्य संघका पूर्व अध्यक्ष बिजय डागा, उद्योगी अनिल अग्रवाल (प्रिन्स), सिनियर सिटिजन प्यारेलाल शर्मालाई दोस्साला माला र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।  यस बर्षदेखि परशुराम जयन्तिलाई परस्कृत गरेर मनाइएको भगवान परशुराम समाज सुनसरी धरानका अध्यक्ष जयप्रकाश शर्माले बताउनुभयो । उहाँले आगामी दिनमा प्रत्येक बर्ष मनाउने निरन्तता दिने बताउनुभयो । परशुरामलाई भगवानका दश अवतारमध्ये छैठौ अवतार मानिन्छ । इतिहास(पुराण अनुसार परशुराम भगावनको अंशावतारको रुपमा लिइने गरिन्छ । सो अवसरमा कोशी प्रदेश सभासद रमेश बस्नेत, सभासद यसोदा कायस्थ पेन्सन वितरण कार्यालय धरानमा मेजर भरत कनोजिया,सुनसरी ट्राफिक कार्यालयका प्रमुख श्याम बस्नेत, बिजयपुर आध्यात्मिक मन्च धरान अध्यक्ष पितरुमल अग्रवाल, नेपाल महेश्वरी महिला सघंकी केन्द्रीय अध्यक्ष अनिता अटल,अग्रसेन भवन समितिका अध्यक्ष कृष्ण कुमार अग्रवाल ,मनिहारी सघं की सहसचिव दुर्गा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया