घण्टाघरबाट हेर्दा

पहिला उचाल्ने अहिले पछार्ने
यतिबेला प्रदेश नं. १ का पहिचानवादीहरु मुर्मुरिएका छन् । लाठो बोकेर सडकमा हिड्या छन् । स्थानीय निकायका कार्यालयहरुमा ताला लगाइद्या छन् । उनीहरुलाई कोशीको नाम सुन्यो कि त्यसै त्यसै भाउन्न भएर आउँछ । एलर्जी हुन्छ, हुने भयो नि । त्यतिका बर्षदेखि प्रदेश नं. १ लाई लिम्बुवान, लिम्बुवान किराँत प्रदेश बनाउनुपर्छ भनेर आदोलन ग¥याग¥यै छन् । माआवादीका अध्येक्षेले त प्रदेश नं. १ लाई लिम्बुवान, किराँत प्रदेश बनाइ छाड्न् भनेर पिँधबाट वायु फुटुन्ज्याल चिच्याएका थिए । पहिला उचाले अहिले आएर भकाभक राज्ये शक्ति लगाएर पछार्ने काम ग¥या
छन् । कोशी प्रदेश खारेजीको माग गर्नेहरुका टाउकोमा बजाउन आदेश द्या छन् । हुन त कुकुरको निन्द्रा, छेपाराको रंग, गोहीको आँसु, घोडाको लात र प्रचण्डको बातमा कहिल्यै विश्वास नगर्नु भन्थे हो रै’छ । अब न रहे बाँस न बाजे बाँसुरी ,बरु पहिचानवादीहरुले प्रदेशै खारेजीको आन्दोलन पो गर्ने हो कि ?


कुहिएको गन्काएपछि
अस्तिका दिन काँग्रेसका होनहार युवा अर्थविद् स्वर्णिम वाग्ले नाक थुन्दै काँग्रेसबाट बाहिरिएका छन् । त्यस अघि पनि धेरै होनहारहरु पलायन भइसक्या छन् । अस्तिका दिन पलायन भएका स्वर्णिम वाग्लेले बुढानिलकण्ठ दरबारबाट ह्वासह्वास्ती आएको गन्ध सहन नसकेर बाहिरिएका रै’छन् । बाल्वाटारे दम्पति साह«ै गन्हाए । टिकट लिँदा पनि माल बुझाउनुपर्ने, मन्त्री बन्दान पनि माल बुझाउनुपर्ने, राजनैतिक नियुक्ति दिँदा पनि त्यही पारा । काँग्रेसमा योगदान गरेर मात्र नपुग्ने । वाल्वाटारे दमपत्तिलाई धुपध्वाँर गनुपर्ने । वाग्लेसँगै अरुपनि नाक थुन्दै निस्केलान् जस्तो छ । यो दम्पत्तिलाई माउवादीका प्रचण्डाउ, माकुने भए पुग्छ । अझैपनि त्यही गएर लम्पासार पर्नेहरुको बुद्धिको विर्को कहिले खुल्न कुन्नि ?
नाम माग्दा ज्यान लिने
प्रदेश नं. १ का पहिचानवादी जनताहरु यतिबेला टाउकामा कात्रो बाँधेर हिँड्या छन् । विचराहरु किन नहिडुन त ? प्रदेशको नाम माग्दा प्रदेश सरकारले ज्यान लिएपछि आफ्ना नन्दीभृंगीहरुलाई ड्याम ड्याम्ती टाउकामा लाठी बजार्ने आदेश त दिनु भएन नि । ज्यादतिको पनि हद हुन्छ गाँठे । सत्तामा बस्दैमा उन्मक्त भैरव त बन्नु भएन नि । विचराहरुले जाबो नामै त माग्या हुन् नि । कर्सैले नमागकेो कोशी प्रदेशको जडौरी न्वारान गरेर अरुले बोकेको भरमा कति दिन खुट्टा हल्लाउँला भन्या होलान् मुख मन्तरीले । जाबो नामै त माग्या थे । मन्त्री माग्या थिएनन् । हिक्मतकुमार कार्कीले किन कुरो नबुझेको होला ?
गर्छन् झलु पनि गफ
छँदाखाँदाको ठूलो घरबाट निस्केर माकुनेको गन्धपुरी अपानवायु सुँघ्दै हिँड्या झल्लाझलु उर्फ सर्पनाथ पनि कहिलेकाहीँ त खाट्टी कुरा गर्छन् बा † अस्तिका दिन झलुलाई के छाँटाले भेट्टाएको थियो कुन्नि नेकपा एकीकृत समाजवादीका अध्येक्षे माकुने न भाले न पोथी हुन् पो भन्देछन् । विचरा झलुलाई भलिभाँति थाहा रै’छ माकुने न भाले हुन न पोथी । फेरि किन पछि स्वाँकस्वाँक र सुुँकसुँक गर्दै लाग्या होलान् ? झलुले नै भन्या माकुने ललिता निवास काण्डबाट बाँच्न मात्र प्रचण्डाउ र देउवाको पछि पछि लाग्या रे । के गरुन त माकुनेले ? पछि नलागे सुइँक्याइ दिन्छन्, डिल्ली बजार खोरतिर पठाइदिन्छन् । अनि परेन वित्याँस ।
अप्रिल फुल रे
अस्तिका दिन धेरै नेपालीले एक अर्कालाई फुल बनाएर मज्जा लिएछन् । विदेशीहरुले बर्षमा एक दिन एक अर्कालाई फुल बनाउँछन् माने अप्रिल १ का दिन सक्दो झुठो बोल्छन् । नेपालीहरुले त्यसैको सिको गरेर एक अर्कालाई फुल बनाएछन् । नेपालीहरु अरुले जे ग¥यो त्यसैको नक्कल गर्न खप्पिस छन् । अप्रिल पुल त विदेशीका लागि पो हो त ? विचराहरु बर्षमा एक दिन मात्र झुठो बोले अरुलाई मुर्ख बनाई आनन्द लिन्छन् । नेपालमा बाहर्«ै महिना आफूलाई फुल बनाएको नेपाली जनताले किन नबुझलेको होला ? बाह«ै महिना नेपालीलाई फुल बनाउने प्रचण्डाउ, श्यालबहादुर, माकुने, झल्लाझलु, खप्रओ लगवायत छँदैछन् । अनि एक दिन आफन्त र आफ्ना साथीहरुलाई फुल बनाए भनेर के गजक्क प¥या होलान् ? बात करता है ?
रौसी पिउने एमाले हुनै सक्दैन
खुशी हुँदा नि, दुःखी हुँदा नि माने टन्न रौसी धोक्ने एमाले कार्यकर्ताहरु यतिबेला बडो टेन्सिनमा छन् । टेन्सिन पनि किन नहुन त ? आफ्ना अध्येक्षे खप्रओले रौसी माने रक्सी खाने मान्छे एमाले हुनै सक्देनन् भनेर घोषणा गर्दियाछन् । खाउ भने एमाले नहुने नखाउ भने घाटी सुकेर प्याक प्याक हुने । क्या फसाद । हुन त झालेमालेका कार्जेकर्ता हुन् । एउटा न एउटा उपाय त निकालिहाल्छन् । रक्सीको सट्टामा गाँजा, चरेश, भाङ, धतुरो छँदैछ नि । खप्रओले रौसी पो खाने एमाले हुन सक्दैन भन्या हुन त । गाँजा, चरेश, गाँजा, धतुरो, ब्राउनसुगरको त कुरा ग¥या छैनन् । अब रौसीको बजार खस्किने निश्चित छ । भाङ, धतुरो, चरश, गाँजाको बजार मौलाउने निश्चित छ, कि कसो हौ ?
चोर बाटोबाट छिर्न लागे रे
मंसिरदेखि संसद छिर्न नपाएर बिरामी परेका जसपाका नेता उपिन्दर जादव चोर बाटोबाट संसद छिर्न खोज्दै छन् रे । सिके राउतले यसो भन्या हुन् । हुन पनि हो । जादवमा यतिबेला कम्ता छट्टपट्टी छैन । सांसद भा’भे मन्त्री कन्फर्म थियो । सासद हुन नपाउँदा घरमा पनि श्रीमतिको काइकाइँ, आफन्तहरुको पनि हेपाई, गठबन्धन दलका नेताहरुबाट पनि अपमान । विचरालाई पीडा छ नि । अब बारा २ बाट आफ्नै सांसदलाई उपराष्ट्रपति बनाएर क्षेत्र खाली गराएका छन् । विचरा चुनाव जित्नेका ढुक्का छन् तर बाराका जनताले साह«ै पत्याउलान् जस्तो छैन । ताक परे तिवारी नत्र गोतामेको व्यहोरा भएसी’ के पत्याउने ?
अन्तेमा
गिर्जाउ पुत्री सुजाता जोष्ठको यादास हिजोआज निक्कै कमजोर भएछ कि क्या हो ? नेपालीहरुलाई भुटानी बनाएर करोडौ रकम असुल्ने आफ्नै स्वकीय सचिवलाई नि हिजो आज चिन्न छाडिछन् । स्वकीय सचिव छँदा लाउडा, धमिजा लगायतका काण्डबाट अरबौ कु्म्ल्याएकी जोष्ठले आफ्नो् पूर्व स्वकीय सचिवलाई चिन्ने कुरा पनि भएन । प्रहरीले अँठ्याएर खोरतिर खाँदेको छ । चिन्छु भन्यो भने अर्को वित्याँस पर्न सक्छ । आखिरी गिर्जाउ पुत्री न हुन् । बाबुको सिको त गर्नै प¥यो । प्रयोग ग¥यो फाल्दियो । यसैलाई भन्छन् काम छउन्ज्याल भाँडा आफल तेरा हाँडा । कि कसो हौ ?

तपाईको प्रतिक्रिया