ंंंंनोबेल साहित्य पुरस्कार विजेता जापानिज नागरिकको निधन

धरान । साहित्यमा काल्पनिक संसार, जीवन र मिथको प्रयोग गरी साहित्य सिर्जना गरेवापत संसारको सबैभन्दा ठूलो साहित्य पुरस्कारबाट सम्मानित जापानिज नागरिक केन्जाबुरो ओएको निधन भएको छ ।


नोवेल पुरस्कार विजेता केन्जाबुरो आएको फागुन २९गते नै निधन भए पनि दश दिन पछि फागुन २९ गतेमात्र उहाँको निधन भएको कुराको सार्वजनिक गरिएको थियो । केन्जाबुरोको निधनले सार्वजनिक दश दिन पछि किन गरिएको हो भन्ने सम्बन्धमा सर्वत्र चासो व्यक्त गरिएको छ । केन्जाबुरो आएले २९ बर्ष अगाडि अर्थात सन् १९९४ मा नोवेल पुरस्कार पाउनु भएको  थियो । उहाँको निधन ८८ बर्षको उमेरमा हुन पुगेको छ । केन्जाबुरो विश्व चर्चित नोबेल पुरस्कार पाउने दोस्रा जापानिज नागरिक हुन् । त्यसभन्दा अगाडि जापानिज  नागरिक कावावाता यासुनारीले सन् १९६८ मा नोबेल पुरस्कार पाएका थिए । केन्जाबुरो अक्सर गरेर कथा र सैन्यवाद सम्बन्धी निर्दोसता, निस्स्त्रीकरण, मानवतावाद आदिमा आफ्ना साहित्यहरु सिर्जना गर्न रुचाउँथे । उनले टोकियो विश्व विद्यालयमा फ्रान्सेली साहित्य सम्बन्धी गहिरो अध्ययन गरेका थिए । पट्याइलाग्दो कथा अर्थात निवबन्धमा केन्जाबुरोको कहिल्यै रुचि भएन । छोटा अर्थात लघुकथा जस्ता कथाहरुमा उनको रुचि थियो । सन् १९५८ मा द क्याच कथा संग्रहले अकुतागवा पुरस्कार प्राप्त गरेको थियो । जापानिक साहित्यमा अकुतागावा  पुरस्कारलाई उच्च कोटीको पुरस्कार मानिन्छ । उनी युद्धको सदैव विरोधी  थिए । केन्जाबुरोको सम्बन्धमा जापानमा राष्ट्रवादलाई युद्धसँग जोडेर हेर्ने गरिन्थ्यो । उनले युद्धसँग जोडिएको राष्ट्रवादलाई आजीवन विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया