परिवर्तनशील समाजद्वारा बीपी प्रतिमामा माल्यार्पण

धरान । ७३ औं प्रजातन्त्र दिवसका अवसरमा परिवर्तनशील समाज धरान सुनसरीले बीपी पार्कमा रहेको बीपी कोइरालाको प्रतिमामा माल्यार्पणसँगै प्रजातन्त्र प्राप्तिका कालखण्डका
बारेमा चर्चा गरिएको थियो । ्नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ्ग गोलेले २००७ साल फागुन ७ गते नेपालमा काँग्रेसको नेतृत्वमा भएको आन्दोलनले प्रजातन्त्र स्थापना भएपनि राजनैतिक उतारचढावले २०१७ सालमा गुम्न पुग्यो । पुन ः लामो संघर्षबाट २०४६ सालको जन आन्दोलनमार्फत प्रजातन्त्र स्थापना प्राप्त भए पनि आज यसको महत्वका बारेमा चौतर्फी उदाशीनता देखिएको बताउनुभयो ।


यसैगरी परिवर्तनशील समाजमा उपाध्यक्ष पूर्णबहादुर राईले भन्नुभयो नेतृत्वको अदुरदर्शिताले प्रजाततन्त्र दिवसप्रति आम नागरिकको वितृष्णा बढ्दै गएको  छ । कहिले गणतन्त्र दिवस, कहिले जनयुद्ध दिवस त कहिले कुन दिवसको नाममा प्रजातन्त्र दिवसलाई ओझेलमा पार्ने कार्य हुँदै गएको भन्दै जननायक बीपी कौइराला लगायत नेताले प्रजातन्त्रका लागि त्यसै लामो संघर्ष गरेका थिएनन् । नागरिकको गाँसवास कपासको  ग्यारेन्टी सरकारले गर्छ भन्ने नागरिकमा विश्वास थियो । तर कुनै कुराको परिपूर्ति हुन नसक्दा प्रजातन्त्र दिवस प्रति नै कसैमा उत्साह नभएको उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन बीपी कोइराला संग्राहालय एवम् अनुसन्धान केन्द्रका सचिव उमेश श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया