चर्चित हाास्यशृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल (धुर्मुस) र सुन्तली घिमिरे सरसफाई प्रवद्र्धन सम्बन्धी चेतनामूलक कार्यक्रम लिएर सिन्धुपाल्चोक आइपुगेका छन् । उनीहरुसहित चर्चित हास्य टेलिसिरियल भऽगोलका कलाकारहरु सरसफाईका कार्यक्रमसहित चर्पी बनाउादै चौतारा नगरपालिकास्थित पीपलडााडा आएका हुन ।
शक्तिशाली भूकम्पले ध्वस्त भएको पीपलडााडामा महामारी फैलन सक्ने भन्दै सरसफाई दुतसमेत रहेका उनीहरुले चर्पी निर्माणका साथै चेतनामूलक सन्देश प्रवाह गरेका छन् । साताअघि राहत वितरणका क्रममा छिमेकी गाउा कुञ्चोक जाने बेला उनीहरुले ध्वस्त पीपलडााडा खण्डको निरीक्षण गरेका थिए । निरीक्षणपछि धुर्मश, सुन्तली, तथा भऽगोलका जिग्री ब्रो र कक्रोजले पीपलडााडाको एउटा खण्डमा चर्पी निर्माण गर्ने सोच गरेका थिए । सुरुवातमा आज शनिबार पहिलो चरणमा १० वटा पक्की चर्पी निर्माण गरिने धुर्मुसले बताए ।
नेपालबाट सञ्चालित सामाजिक सञ्जाल सगुन डट कमको सहकार्यमा उनीहरुले चर्पी निर्माणलाई तीब्रता दिएका हुन् । धुर्मुसकाअनुसार अव्यवस्थित फोहोरका कारण गाउामा रोग फैलन सक्ने भएकाले सम्भव भएसम्म भूकम्प प्रभावित सबै गाउामा पुग्ने लक्ष्य रहेको छ ।
नेपालमा बैशाख १२ मा आएको शक्तिशाली भूकम्पका बेला कार्यक्रमका सिलसिलामा अमेरिकामा रहेका उनले नेपालको अवस्था जानकारी लिएपछि तत्काल डालो थापेर राहत उठाएका थिए । त्यहाा उठेको करिब १६ लाख रुपैयाा पहिलो चरणमा राहत र सरसफाईका लागि खर्चिएको उनले जनाए । सरसफाईबारे सन्देशमूलक चेतना प्रवाहका साथै चर्पी निर्माणमा होमिएका कलाकारहरु आफैले भूकम्पपीडितको चर्पीका लागि खाल्डो खनिदिने र गाह्रो लगाइदिने गरेका छन ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसागको सहकार्यमा क्रियाशील रहेका उनीहरुलाई चर्पी निर्माणमा प्राविधिक कामका लागि कार्यालयका इन्जिनियरले सहयोग गरिरहेको सगुन डट कमका माधव चौलागाईंले बताए ।
