भतुवाको धन्दा
नेपाला भुकम्प आएर यत्राविधि मान्छेको ज्यान गा’छ । कोही हस्पिटलमा छट्टपटाइ रा’छन् कसैले उपचारै पा’छैनन्, घरवार सबै उजाडिएको, गुमाएको आफन्त सम्झिएर खुल्ला आकाशमुनि एकमुठ्ठी सास लिएर बाचिरा’छन् । तर पश्चिमा मुलुक र उनीहरुको डलरमा आची थाप्नेहरु पीडितहरुलाई क्रिश्चियन ग्रन्थ बाइबल बााड्दै हिाड्या छन् । भोकले एकमुठ्ठी सास जान लाग्या बेला त्यो वाइवल न टोक्नु न चबाउनु । प्रभूले रक्षा गर्नुहुन्छ, प्रभूले दु:ख हरण गर्नुहुन्छ भन्दै त्यस्ता बाइबल बााड्नेको हर्कत सुन्दा पनि घण्टाघरका कन्सिरीका
रौा ठाडा ठाडा हुन थाल्या छन् । किन नहोस् त तिन्का प्रभूले काठमाण्डौको कपन, बौद्धमा पचहत्तर जना मर्दा खोई जोगाउन सकेनन् । मर्ने बेलामा ती क्रिश्चियनहरु पनि राम राम, नारायण नारायण भन्दै मर्या थे । खै तिन्ले प्रभु प्रभु भनेनन् । आले घाउमा नुन चुक दल्न आएका यहााका
डलरे दलाल र हस्याङ्ग फस्याङ्ग गर्दै नेपाल आएका खैरेहरुको हनुमान धुलाई गर्ने बेला आए जस्तो छ, किसो हौ ?
राष्ट्रिय सरकार
काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझौ पापी र अशक्ति भुइाचालोले देशैभरि हुर्मत लिइरा’बेला जन्ताले नपत्याएर पुच्छरमा अगुल्टो झोसेर पठाइएका बेकामे नेताहरुलाई राष्ट्रिय सरकार चाहियो रे । गोडा ६ एक बर्षमा पनि संविधान बनाउन त सकेनन् सकेनन् कमसेकम विपत्तिका बेला गाउा गएर घाइतेको उद्धार त गर्न सक्थे । तर अहा त्यो पनि नगर्ने
रे । भालुको मन खन्यूमाथि भनेझै घाइते, मृतक र ध्वस्त घर निर्माणका लागि ह्वार ह्वार्ती बाहिरबाट आउने पैसामा बेकामेहरुलाई छट्टपट्ट भा’छ । राष्ट्रिय सरकार बनाउन पाए त
बराबरी भाग बण्डा लाग्थ्यो भन्दै यिनीहरु चिच्याउन थाल्या कुनचाहिा लठ्यांग्रालाई थाहा छैन र ? राष्ट्रिय सरकार चाहियो भनेर सबैभन्दा बढी चिच्यायाउने त माउवादी नै छन् । कही नभएको जात्रा हााडी गाउामा भन्या यही हो ।
त्रिपाले सभासद
भुकम्पले हाम्रा बेकामे सभासदहरुको नामै परिवर्तन भा’छ । भुकम्प आउनुभन्दा अगाडिसम्म सभासद थे भने भुकम्प आइसकेपछि सभासदका अगाडि त्रिपाले थपिएको छ । हैन हौ कस्तो लाज सरम नभा
हा ? खाइ नखाइ देशभित्र र देशबाहिरबाट संकलन गरेर पठाएको त्रिपाल छिसिक्क चोटसम्म नलागेका राज्यबाट हजारै भत्ता हसुर्ने सभासदहरुल्े भटाभट लिएको देख्दा कुनचाहिा नेपालीको कन्सिरी तातिएन होला ? फेरि त्रिपाल लिने सभासदहरुलाई पनि अलिकति लाज लाग्नु पर्ने हो । तर तिनमा लाज, सरम केही रहेनछ । हुन त पुरुष सभासदहरुले सुत्केरी भत्ता समेत खाएका छन् । खाने मामलामा यिन्ले जे पनि खान्छन् । अझ एमाले सभासद माने मेडिकल माफिया राजेन्द्र पाण्डेले त त्रिपाल बुझेर बडो गजक्क परेर फोटो खिचाएका थिए । त्रिपाल त खाने सभासदहरुले अरु के के खाएका होलान् अब अख्तियारको काम बढे जस्तो छ ।
राहतमा दलका गुण्डा
घर छैन, आफन्त छैनन्, बााचेका घाइते छन् । सत्यानाशी भुइाचालोले के गर्यो गर्यो ।? सरकार सिंहदरबार र वालुवाटारमै सााझ, विहान टोस्ट लिएर गोहीको आाशु बगाएर बस्या छ । पीडितलाई अरुले सडाएर लगेको राहतहरु समेत दलका गुण्डाहरुले बीचैमा लुटेपछि पीडितहरु चिल्लाको चिल्लै । राजधानीमा बसेर दलका टाउके राहत लुट्छन्, गाउा घरतिर यिन्का छाउराहरु । विचरा प्रहरीले यस्तो बेलाा के गरोस् ? उद्धारमा जाओस् कि गुण्डाहरुलाई तह
लगाओस् । प्रभावित क्षेत्रमा सद्धे घर भएकाहरुको घरमा उपरीमाथि
थुपरी राहतको चाङ्ग लाग्या छ ,। कसैका भने भोकले आन्द्रा सुकिसक्या छन् । अब त भुकम्प पीडिष्तहरु भन्न थाल्या छन् हे भगवान दैवी विपत्ति भन्दा पनि गुण्डाको विपत्तिबाट जोगाउ है ।
फुइँयाको हाइलाइट
रिमोट कन्ट्रोलबाट चलेका नेपालका केही मिडियाहरुले यस्तो विपत्तिका बेला न्यायपूर्ण कलम चलाउन नसक्या देख्दा घण्टाघरका कन्सिरी त्यसै त्यसै ठाडा ठाडा हुन्छन् । भुकम्पले यतिबेला लाखौ सर्वसाधारणको बिचल्ली भा’ छ ।, विचराहरुले खाने कुरा त परै जाओस् एउटा पाल सम्म पाउन सक्या छैनन् । यता पर्धानमन्तरी र राष्ट्रपति बाल्वाटार र शितल निवासमा पालमा भनेर समाचार कोतर्छन । यो त हदै भयो । अर्काले बनाइद्या घर अलिकति चर्किदा महागा पालमा चौरासी व्यन्जन खाएर सुरक्षे घेराभित्र पसारिएका छन् । यिनलाई कठै भन्ने ठाम छैन । केही मिडियाले यिन्लाई हाइलाइट गरेर नमकको सोझो गर्या होलान् । कहिले प्रधानमन्त्रीको काम पालबाटै, कहिले राष्ट्रपतिले प्रभावित क्षेत्रको निरीक्षण गरे भन्छन् । हैन हौ ? के हुन लाग्या यो देशाा हा ? पर्धानमन्त्रीले पालबाट केचाहिा काम गरे अनि राष्ट्रपतिले निरीक्षण गरेर के लछारपाटो लगाए हा ? जनताले यिन्का बाजा बजाएका दिन थाहा पाउाछन् काम गरेकी
निरीक्षण गरे ।
उठ्ने भए टुटुल्को
बूढापाकाहरुले त्यसै भन्या हैनन् लगनपछिको पोतेको के काम ? नेपालका त्रिपाले सभासदहरु भुकम्प अति प्रभावित जिल्लाको अनुगमनमा निस्केका छन् रे । भुकम्प गा’को १९ दिन सम्म सुरासागै सुन्दरी च्यापेर स्वााठहरु प्रभावित १४ जिल्लामा चार चार जनाको समूह बनाई राहत, उद्धार र पुनस्र्थापनाको अनुगमन गर्न गा’ रे । राष्ट्रिय विपत व्यवस्थापन, अनुगमान तथा निर्देशन विशेष समितिको अध्येक्षे सुचने माने बेकामे संविधानसभाका अध्येक्षे सुभाष चन्द्र नेम्बाङ्गले उनेरलाई प्रभावित जिल्लामा पठाका रे । घण्टाघरलाई शंका लाग्न थाल्या छ प्रभावित क्षेत्रमा जाने सभासदहरुका टाउमामा दर्जनौ टुटुल्का उठ्छन् । यतिका दिनसम्म कहाा मुन्टिएका थ्यौ भनेर पीडितले सोध्दा यिन्ले के भन्लान् ? टुटुल्का उठाएर फकर्नु भन्दा बरु नगाकै वेस । कि कसो
हौ ?
भट्याउनै छाडे
भुकम्प जानु भन्दा अगाडि मारुती सिमेन्ट र जगदम्बा
आइरनका मुखियाहरु हामी बनाउाछौ नेपाल भनेर भट्याउाथे । भुकम्प आएसी यिन्का थुतुनो बन्द भयो कि क्या हो । भट्याउनै छाडे । हामी बनाउाछौ नेपाल भनेर यिन्ले ठूल्ठूला होर्डिङ्ग बोर्ड नेपालका धेरै ठाममा
राख्या छन्, अझ पनि देखिन्छ ।
रेडियोमा त्यसैगरी भट्याउाथे । हिजोआज भट्याउनै छाड्या छन् । परेपछि लुते कुत्तीले पुच्छर टाङमुनि हालेर कुले ठोके जस्तो त हो नि यिन्का भट्याई ।
अन्तेमा
नेपालमा हालै गएको भुकम्पले नेपालका युवाहरुको मनस्थिति नै परिर्वन गरिद्या छ । ताक परे तिवारी नत्र गोतामे भन्ने मानसिकताबाट
राजनैति गर्नै आएका मौकाका
परस्त नेताहरुको राजनीति नारा नै परिवर्तन भएको छ । हिजो दलका नेताहरुको निर्देशनमा सडकमा टायर बाल्ने, आम हड्ताल गर्ने, प्रहरीलाई ढुंगा हान्ने युावाहरुले अब नेताको निर्देशनमा यस्तो काम गर्ने प्रण
गरेका छन् । उनीहरु मर्दा, पर्दा
सुरक्षाकर्मी नै चाहिादो रै’छ ,। नेता सबै खोरमा पस्दा रै’छन्भन्न थाल्या छन् । अनि संघीयता र जातीयता नारा उछालेर हिाड्नेहरु पनि उत्तनोचित्त परेका छन् । अब उनीहरुको नारा बजारमा बिक्री नहुने भएको छ ।
